• pradeshpoint
  • Pradeshpoint
Sunday, December 7, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

वैदेशिक व्यापारमा ६३ दशमलव ५५ प्रतिशतले वृद्धि

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस ८ गते, १७:५३ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
वैदेशिक व्यापारमा ६३ दशमलव ५५ प्रतिशतले वृद्धि
41
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ६३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको पाँच महिनामा ५ खर्ब ७५ अर्ब रहेको मुलुकको वैदेशिक व्यापार चालू आवको सोही अवधिमा ९ खर्ब ४१ अर्ब पुगेको छ ।
भन्सार विभागद्वारा बिहीबार जारी पछिल्लो तथ्याङ्कानुसार गत आवका तुलनामा आयात ५९ दशमलव ५५ प्रतिशतले बढेको छ । गत आवको पहिलो पाँच महिनामा ५ खर्ब २५ अर्ब मूल्य बराबरको आयात भएकामा चालू आवको मङ्सिर मसान्तसम्म ८ खर्ब ३८ अर्ब पुगेको छ । त्यस्तै गत आवको पहिलो पाँच महिनाका तुलनामा चालू आवको निर्यात १०५ दशमलव ६१ प्रतिशतले बढेको छ । गत आवको मङ्सिर मसान्तसम्म रु ५० अर्ब पाँच करोड बराबरको निर्यात भएकामा चालू आवको समीक्षा अवधिमा १ खर्ब २ अर्ब बराबरकोे निर्यात भएको छ ।
विभागकाअनुसार चालू आवको पहिलो पाँच महिनासम्मको अवधिमा वैदेशिक व्यापारमा वृद्धि भए तापनि मुलुकको व्यापार घाटा भने अघिल्लो आवको तुलनामा ५४ दशमलव ७ प्रतिशतले बढेर ७ खर्ब ३५ अर्ब पुगेको छ । गत आवको पहिलो पाँच महिनामा व्यापार घाटा ४ खर्ब ७५ अर्ब थियो ।
मुलुकको कूल वैदेशिक व्यापारमा गत आवको पहिलो पाँच महिनासम्म आयातको हिस्सा ९१ दशमलव तीन प्रतिशत रहेकामा यस्तो हिस्सा दुई दशमलव ४५ प्रतिशतले घटेर चालू आवमा ८९ दशमलव ०७ प्रतिशतमा आएको छ ।
त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २५ दशमलव ७२ प्रतिशतले बढेर १० दशमलव ९३ प्रतिशत पुगेको छ । यस्तो हिस्सा अघिल्लो आवको पहिलो पाँच महिनामा आठ दशमलव सात प्रतिशत थियो ।

चालू आवको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको विभागले जनाएको छ । चालू आवको मङ्सिर महिनासम्म ४९ अर्ब दुई करोड बराबरको डिजेल आयात भएको देखिन्छ ।
त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रामा छ । नेपालमा व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनःनिर्यात गर्दै आएका छन् । चालू आवको पहिलो पाँच महिनामा ३३ अर्ब ६६ करोड मूल्य बराबरको करिब ९८ करोड लिटरभन्दा बढी भटमासको तेल आयात भएकोे देखिन्छ । त्यस्तै पाम आयल २४ अर्ब ६१ करोड, पेट्रोल २४ अर्ब १० करोड र एलपी ग्यास २३ अर्ब ११ करोड तथा मोबाइलफोन २० अर्ब ३५ करोडको आयात भएको विभागले जनाएको छ ।
त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कानुसार स्वदेशबाट ३० अर्ब ५५ करोड बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलले योगदान गरेको देखिन्छ । सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेत जस्तै पाम तेल पनि कच्चापदार्थ आयात गरी प्रशोधनपश्चात् निर्यात हुने गरेको छ । सार्वजनिक विवरणानुसार चालू आवको पहिलो पाँच महिनासम्म २७ अर्ब ४२ करोड मूल्य बराबरको पाम तेल निर्यात भएको छ ।

त्यस्तै ३ अर्ब ७३ करोड बराबरकोे गलैँचा तथा २ अर्ब ६५ करोड मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागको तथ्याङ्क छ । सार्वजनिक तथ्याङ्कानुसार चालू आवको पहिलो पाँच महिनामा नेपालले भारतबाट करिब ५ खर्ब तीन करोड मूल्य बराबरका वस्तु आयात गरेको देखिन्छ भने ८४ अर्ब १५ करोड मूल्य बराबरको वस्तु निर्यात गरेको छ ।

सोअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै ४ खर्ब १५ अर्बभन्दा धेरै रहेको देखिन्छ । त्यस्तै नेपालले चीनबाट १ खर्ब २२ अर्ब मूल्य बराबरका वस्तु आयात गरेकामा ३८ करोड १६ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको देखिन्छ ।
विभागको विवरणानुसार सबैभन्दा धेरै वीरगञ्ज नाकाबाट २ खर्ब ९० अर्बभन्दा बढी मूल्य बराबरको आयात भएको छ । त्यस्तै भैरहवा नाकाबाट १ खर्ब ३६ र त्रिभुवन विमानस्थल नाकाबाट १ खर्ब पाँच अर्बभन्दा बढी मूल्य बराबरका वस्तु आयात भएको देखिन्छ । नेपालले वीरगञ्ज भन्सारबाट ४९ अर्ब ४१ करोड, विराटनगर भन्सारबाट २८ अर्ब ५६ करोड तथा त्रिभुवन विमानस्थल नाकाबाट १४ अर्ब ४१ करोडभन्दा बढी मूल्य बराबरका वस्तु विदेश निर्यात गरेको छ ।श्रोतःपालिका खबर

Tags: ६३ दशमलव ५५प्रतिशतले वृद्धिवैदेशिकव्यापारमा

Related Posts

जेन–जि मोरङको तीनबुँदे ज्ञापनपत्र गृहमन्त्री र प्रधानमन्त्रीलाई
FEATURE

जेन–जि मोरङको तीनबुँदे ज्ञापनपत्र गृहमन्त्री र प्रधानमन्त्रीलाई

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २१ गते, १६:२७ बजे प्रकाशित
0

विराटनगर । द काउन्सिल अफ जेन–जि, मोरङले आफ्ना तीनबुँदे माग तत्काल सम्बोधन गर्नुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय मोरङमार्फत गृहमन्त्री र...

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा
FEATURE

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २१ गते, १४:२२ बजे प्रकाशित
0

काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १० हजार ९२६ मतदानस्थल तय गर्ने तयारी भएको छ। मतदाताको...

विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

२०८२ मंसिर २१ गते, १३:०३ बजे प्रकाशित
लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

२०८२ मंसिर २१ गते, १२:२२ बजे प्रकाशित
कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

२०८२ मंसिर २१ गते, १२:०० बजे प्रकाशित
कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

२०८२ मंसिर २० गते, ७:४२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

जेन–जि मोरङको तीनबुँदे ज्ञापनपत्र गृहमन्त्री र प्रधानमन्त्रीलाई

जेन–जि मोरङको तीनबुँदे ज्ञापनपत्र गृहमन्त्री र प्रधानमन्त्रीलाई

२०८२ मंसिर २१ गते, १६:२७ बजे प्रकाशित
आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

२०८२ मंसिर २१ गते, १४:२२ बजे प्रकाशित
विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

२०८२ मंसिर २१ गते, १३:०३ बजे प्रकाशित
लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

२०८२ मंसिर २१ गते, १२:२२ बजे प्रकाशित
कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

२०८२ मंसिर २१ गते, १२:०० बजे प्रकाशित
कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

२०८२ मंसिर २० गते, ७:४२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1391 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    817 shares
    Share 327 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    764 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    718 shares
    Share 287 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist