इनरुवा ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको राष्ट्रिय कार्यक्रम गरिव परिवार पहिचान तथा परिचय पत्र बितरण कार्यक्रमकालागि गणक नियुक्ति गर्दा वराहक्षेत्र नगरपालिकाले राम्रोलाई भन्दा हाम्रोलाई प्रथामिकता दिएको पाईएको छ ।
संघिय सरकारको कार्यक्रमको रुपमा रहेको उक्त गरिव परिवार पहिचान तथा परिचय पत्र बितरण कार्यक्रमको स्थानिय सरकारले गणक र सुपरिवेक्षक नियुक्ति गर्ने प्रकृया अगाडि बढाएको थियो । संघिय सरकारको पत्रचारमा अनुसार भएको मंसिर १२ गते कर्मचारीकोलागि बिज्ञापन निकालेको थियो । नगरपालिकाभित्र गरिब परिवार पहिचान तथा परिचय तथा वितरण कार्यक्रमका लागि २ जना सुपरिवेक्षक र १४ जना गणक पदका कर्मचारी आह्वान गरेको थियो ।
नगरपालिकाका अनुसार गणकलागि आवश्यक योग्यता पुगेका ईच्छुकहरुले १५ दिनभित्र ९० ले दरखास्त पेश गरेका थिए । ५ जनाको आवश्यक कागजात नपुगेर दर्खास्त फाराम अस्वीकृत गरिएको थियो ।
आवेदन दिएका ईच्छक उमेदवारहरुबाट अन्तरवार्ता तथा प्रयोगात्मक परीक्षा लिएर २ सुपरिवेक्षक र १४ गणक छनौट भएको नामावली प्रकाशन भयो । तर उक्त नगरपालिकाले छनोट गरेर सार्बजनिक गरेको नामको बिषयमा बिरोध हुन थालेको छ । सामाजिक संजालदेखि लिएर नगरपालिकामै छनोटको बिषयमा असन्तुष्ट जनाउदै निबेदन समेत परेको छ । नगरपालिकाले योग्य, अनुभवीलाई भन्दा जनप्रतिनिधिले नजिको मान्छे र आफन्तलाई नियुक्ति गरेको आरोप लगाएका छन् ।
नगरपालिकाले छनोट गरेको नाममा बिरोध भए पछि नेपाली काग्रेस वराहक्षेत्र नगर समितिले छानबिन र निर्णय पुनरावलोकन गर्न माग गरेको छ । नगरपालिकामा पुगेर नगर सभापति रमेश कार्कीले नगरपालिकाको कर्मचारी नियुक्तिमा राजनिती भर्ति केन्द्र बनाउन खोजेको आरोप समेत लगाएका छन् । उनले गणक नियुक्त हेर्दा नगरपालिकाले राम्रोलागि भन्दा पनि हाम्रो मान्छेलाई प्रथामिकता गरेको देखिएको आरोप लगाए। यसलाई चाडो रक्न र नियुक्ति प्रकयालाई स्थगित गर्न आग्रह गरे ।
छनोट प्रकृयामा सहभागी वराहक्षेत्र ७ का शेखर श्रेष्ठले क्षमता हुँदाहुँदै पनि नगरपालिकाले आफ्ना आसेपासेलाई मात्र छनौट गरेको आरोप लगाए । उनले नियुक्ति गरिएका नाममा बिमत्ति जनाउदै नगरपालिकामा निबेदन समेत दिएका छन् ।
नगरपालिकामा नादाबाद र कृपाबाद हावी भयो, कम्प्युटर चलाउने ज्ञाननै नभएकालागि नियुक्ति गरेको उनले आरोप लगाए ।श्रोतःसञ्चारपाटी
Discussion about this post