इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवसँग लगातार एक सता यता जनता तथा मतदाता भेटघाट हुदैँछ ।
पालिका अध्यक्ष यादवलाई केही समुहले सड्यन्त्रपुर्वक हुदैँ नभएको घटनामा फसाएपछि ८ महिना १४ दिन पुर्पक्षका लागि थुनामा बस्नु परेको थियो ।
उनलाई जिल्ला अदालत सुनसरीले गत मंसिर २६ गते सफाई दिए लगतै गाउँपालिका अन्तरगत रहेका सर्मथक जनता तथा मतदाताहरुले भब्य स्वागत गर्न आतुर थिए ।
पालिका अध्यक्ष थुनाबाट मुक्त भएपछि स्वागत गर्न हजारौँ सर्मथक जनता तथा मतदाताहरुले फुलको माला, दोस्ला लिएर झुम्का देखी शिवगञ्ज सम्म लाइन टु लाइन बसेर रातभर स्वागत गरेपनि अझैँ भेटघाट गर्ने क्रम जारी रहेको उनले बताए ।
स्वकीय सचिव यादवका अनुसार पालिका अध्यक्ष ज्यूसँग भेटघाट गर्न आतुर रहेका सर्मथक जनता तथा मतदाताहरुलाई दिनहुँ समय निकालेर प्रत्यक्ष घरमै गएर भेटने गरेको बताए ।
उता पालिका अध्यक्ष यादवलाई भेटन् चाह्ने जेष्ठ नागरिक तथा अपंगता भएका व्यक्तिहरुको घरघरमै पुगेर भेटघाट गर्ने गरेको स्वकीय सचिव यादवको कथन छ ।
त्यस्तै भोक्राहा नरसिंह गाउँपालिकामा सबै भन्दा विश्वाशिलो नेता मध्ये एक हो वर्तमान पालिका अध्यक्ष महेन्द्र यादव । उनलाई जनताले पत्याएर मतदान गरेको र पार्टी भन्दा व्यक्तिलाई मतादान गरेको एक मतदाताको कथन छ ।
अहिले मतदाता भन्छन् हाय महेन्द्र यादव अगामी स्थानीय तहको निर्वाचनमा फेरी पनि तपाईँ जस्तो जनप्रीय एंव विकासको नामले चिनिने विकास प्रेमी जनप्रतिनिधिलाई अगामी निर्वाचनमा देखिने आश गरेको मतदाताहरुको भनाई छ । 
उता एक मतदाता भन्छन् पालिका अध्यक्ष यादवले पछिल्लो समय गर्न लागेको विकास हेर्न नसक्ने विपक्षीहरुले उनलाई सड्यन्त्रपुर्वक फसाउनका लागि चहलपहल गर्दै आएको थियोे । तर सड्यन्त्रकारीले रचेकाे जालमा अध्यक्ष यादवलाई फसाउन उनीहरू सफल बनेका थिए । उता गाउँपालिका अध्यक्ष यादव उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघिय समाजवादी फोरम नेपालको तर्फबाट स्थानीय तह निर्वाचन ’२०७४ वैशाख ३१ गते भएको पहिलो चरणको चुनावमा भारीमतका साथ चुनाव जितेका हुन् ।
वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते
सुनसरी। पर्साको वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्दा तस्करको आक्रमणबाट ३ जना प्रहरी घाइते भएका छन्।...










Discussion about this post