• pradeshpoint
  • Pradeshpoint
Friday, May 8, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

टीकापुर-लम्की क्षेत्र अपराधको ‘हब’ बन्दै

सजिलै भारत पस्छन् अभियुक्त, त्रासमा स्थानीय

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस १० गते, ८:४० बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार
46
SHARES
Share on FacebookShare on Twitter

मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको पूर्वी क्षेत्र कुनै बेला पर्यटकीय स्थलका कारण चर्चामा रहेकाे थियाे। कर्णाली नदीमा एउटा पिलरमा अडिएको चिसापानी पुल, टीकापुरको वीरेन्द्र पार्क लगायत ठाउँले चिनिन्थ्याे । अहिले पनि दिनहु जसो कैलालीकने पुर्वी क्षेत्र समाचारको विषय बनिरहेको छ। निस्फिक्री घुम्ने पर्यटकका कारण होइन, दिनदिनै हुने हत्या र अपराधीक गतिबिधिले यो क्षेत्रलाई चिनिरहेका छन्।
पछिल्लो केही समय लम्की र टीकापूर क्षेत्रमा लगातार हत्याका घटना भएका छन्। सबै हत्या तथा अपराध लागुअाैषध संग जाेडिएर हुने गरेका छन जसका पछाडि आपराधिक समूहहरू सक्रिय छन्। गत कात्तिक २३ गते लम्कीका भूपेन्द्र बडुवालको हत्या हुनुअघि प्रहरीले ठुलाे मात्रामा चक्कु, हँसिया, खुडा, खुकुरी लगायत हतियार बोकेको समूहको जम्काभेट भयो। लम्कीबाट टीकापुरतर्फ गइरहेका बेला प्रहरीको गाडी आएपछि उनीहरू हतियारधारी समूह रोकिएको थियाे । एक जना प्रहरी अधिकारीका अनुसार त्यो दिन त्यो आपराधिक समूहले गस्ती आएका प्रहरीलाई त्यही हतियारले आक्रमण गर्न खोजेका थिए। तत्कालै प्रहरीको अर्को ‘क्विक रेस्पोन्स टिम’ त्यहाँ पुग्यो। अर्को गाडी पुगेपछि हतियार छोडेर उनीहरू भागे। ‘त्यो दिन अर्को गाडी नपुगेको भए प्रहरीमाथि आक्रमण हुनसक्थ्यो,’ ती प्रहरी अधिकारीले भने। उक्त समूहले छोडेको हतियार ल्याएर प्रहरी चौकी फर्कियो।
केही घन्टापछि राति ९ बजेतिर टीकापुरमा भूपेन्द्रमाथि चक्कु र धारिलो हतियार प्रहार गरियो। खबर पाएको ६ मिनेटमा प्रहरी घटनास्थल पुग्दा २२ वर्षीय भूपेन्द्र घाइते थिए। उपचारका क्रममा टीकापुर अस्पतालमा ‍उनको मृत्यु भयो। दुई समूहको रिसइबीका कारण भूपेन्द्रमाथि आक्रमण भएको थियो। कैलाली प्रहरीको अनुसन्धानमा केही वर्षदेखि लम्की, चिसापानी, टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेक्कापट्टामा आपराधिक गिरोह सक्रिय रहेका र तिनीहरूको विवादकै कारण भूपेन्द्रले ज्यान गुमाउनु परेको देखिएको छ।
उनीहरू भागेर भारत गएका छन्। कात्तिक १२ गते राति टीकापुरमै चक्कु प्रहारबाटै १८ वर्षीय अनुप साउँदको हत्या भएको थियो। आपसी विवादका क्रममा भजनी नगरपालिका ३ बस्ने १८ वर्षीय किरण साउँदले चक्कु प्रहार गरी अनुपको हत्या गरेको प्रहरी रेकर्ड छ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको थियो। भूपेन्द्रको हत्यामा संलग्नलाई पक्राउ गरिनसक्दै पुस ३ गते जानकी गाउँपालिका ९ का अरूण दास रूखमा बाँधेर घाँटी छिनालिएको अवस्थामा फेला परे।
यसअघि २०७४ मा टीकापुरमै होली कार्यक्रममा सहभागी भएका २१ वर्षीय करन थापाको अज्ञात समूहको खुकुरी प्रहारबाट मृत्यु भएको थियो। २०७६ असोज १६ गते कैलालीको लम्कीमा खुकुरी प्रहारबाट लम्कीचुहा- २ का अन्दाजी ३१ वर्षीय कृष्णबहादुर बुढामगर घाइते भएका थिए।
२०७७ साउन ९ गते लम्कीचुहा नगरपालिका १ मा २८ वर्षीय रमेशबहादुर शाहीमाथि खुकुरी प्रहार भएको थियो। सैलुनमा कपाल काटेर बाहिर निस्कने क्रममा उनीमाथि ७र८ जनाको समूहले आक्रमण गरेको थिए। २०७८ मंसिर ५ गते लम्कीचुहा १ खुन्टीखेतका स्थानीय दिनेश नेपालीमाथि खुकुरी प्रहार भएको थियो। बिहेमा नाचगान गरिरहेका बेला उनको कोखामा एक समूहले खुकुरी प्रहार गरेको थियो। पछिल्लो समय निर्मम तरिकाले हत्या हुन थालेपछि कैलालीको यो क्षेत्रमा सुरक्षा चुनौती बढेको भन्दै स्थानीयमा त्रास फैलिएको छ।
जानकी गाउँपालिका ९ का स्थानीय धनीराम चौधरीले गाउँमा घटेका अपराधले डरैडरमा बस्नु परेको बताए। ‘आजकाल साँझ परेपछि डर लाग्छ, गाई बाख्रा चराउन जंगल एक्लै जाँदा डर लाग्छ,’ उनले भने, ‘यो ठाउँ छोडेर अन्त जाऊँ भने कहाँ जानेरु हाम्रा पनि छोराछोरी छन्, कहीँ केही पो भइहाल्छ कि भन्ने डर छ।’ प्रहरीले अपराधीलाई पक्राउ गर्न नसकेका कारण अपराध झन् बढेको स्थानीयहरू बताउँछन्।
‘प्रहरीमाथि विश्वास रहेन। त्यस्तो अडियो रेकर्ड हुँदा अरू के प्रमाण चाहिन्छरु,’ जानकी गाउँपालिका- ९ का प्रकाश नेपालीले भने। अपराधीहरू कारबाहीको दायरामै नआएपछि उनीहरूको साहस बढेको नेपालीको बुझाइ छ। प्रहरीको सक्रियता बढे अपराधीहरू डराउने थिए भन्ने उनको अपेक्षा छ। केही घटनामा राजनीतिक संरक्षण मिल्ने भएकाले पनि प्रहरी प्रशासनलाई काम गर्न गाह्रो भएको स्थानीयको भनाइ छ। स्थानीय जानकी ९ का लालबहादुर सोडारी अपराधीलाई राजनितिक संरक्षण दिन नमिल्ने बताए।
‘यस्ता अपराधीहरू बढे, भोलि यो क्षेत्र क्राइम एरिया बन्छ। त्यसकारण सबै निकायले यसतर्फ ध्यान दिनुपर्छ,’ सोडारीले भने,‘हरेक अभिभावकले आफ्ना छोराछोरीको क्रियाकलापमाथि नियमित निगरानी गर्नुपर्छ। शंका लागे समयमै प्रहरीलाई खबर गर्नुपर्छ।’ भने टीकापुर क्षेत्रमा प्रहरीकाे संख्यामा बृदि गरिनु पर्ने महशुस गरेका छन ।कैलालीको टिकापुर जानकी गापा र लम्की चुहा नपा यी तीन स्थानीय तहको पूर्वमा कर्णाली नदी, दक्षिणमा मोहना नदी छन्। कर्णाली तरेपछि बर्दिया हुँदै बाँके पुगिन्छ। नेपालगन्ज हुँदै रूपडिया नाका प्रयोग गरी अपराधीहरू भारत जाने गरेका छन्। टीकापुरसँग जोडिएको स्थानीय तह जोशीपुर, भजनी, कैलारी र धनगढी हुँदै छाेटाे दुरिकाे हुलाकी सडकको बाटो छ। हुलाकी सडकपारि भारतीय सीमा नजिकै छ। यो रूट भएर पनि अपराधीहरू भारत जान्छन्।
पूर्वपश्चिम राजमार्ग प्रयोग गरेर कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी भएर पनि कतिपय अपराधी भारत पसेका छन्। कैलाली प्रहरीका अनुसार त्यो क्षेत्रमा अहिलेसम्म सक्दो प्रहरी परिचालन र सुरक्षा दिने प्रयास भएको छ। थप संवेदनशील क्षेत्र पहिचान गरेर सुरक्षा बढाउने कैलाली प्रहरीले तयारी गर्नु पर्ने स्थानिय बुद्धिजिबि बताउछन । प्रहरीका अनुसार यो क्षेत्रमा आपराधिक गतिविधि लगातार बढ्नुको पहिलो कारण लागुऔषध प्रयोग र कारोबार हो।
कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जोशीका अनुसार युवा जमात अपराधमा बढी संलग्न देखिन्छन ।जसमा कुलतमा लागेका, झै-झगडा गरि रहनेहरू र लागु औषध प्रयोगकर्ता छन्। खुला सीमा भएकाले घटनापछि अभियुक्तहरू भारत जाने भएकाले प्रहरीलाई काम गर्न कठिन भएको छ।

Tags: अपराधको ‘हब’टीकापुर-लम्की क्षेत्रत्रासमा स्थानीयबन्दैसजिलै भारत पस्छन्

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist