• pradeshpoint
  • Pradeshpoint
Saturday, May 2, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सामी परियोजनाको समन्वय बैठक सम्पन्न

आप्रवासन केन्द्रमा कोठा नं. दिने प्रतिवद्धताः प्रजिअ इन्द्रदेव यादव

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस १० गते, १८:४४ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
सामी परियोजनाको समन्वय बैठक सम्पन्न
54
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको आप्रावासी श्रोत केन्द्र र जिल्ला प्रशासन कार्यालय सुनसरी बीच समन्वय बैठक समपन्न भएको छ ।
समपन्न बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आफ्ना नागरिकको आधारभुत मानव अधिकारको सम्मान गर्ने, संरक्षण गर्ने र परिपुर्ति गर्ने दायित्व राज्यको भएकाले आफु पछि नपर्ने बताएका छन् ।
प्रजिअ यादवले बैठकमा बोल्दै आफ्ना नागरिक विश्वका जुनसुकै कुनामा भएपनि जिल्ला प्रसाशन कार्यालय सुनसरी नागरिकका पक्षमा जिम्मेवार बन्ने बताए ।

उनले जिल्ला प्रशासन कार्यालय सुनसरीमा पासपोर्ट बनाउन आउने सेवाग्राहीहरुलाई बैदेशिक रोजगार सम्बन्धी सूचनामुलक जानकारी लिनको लागि आप्रावासी श्रोत केन्द्रमा पठाउने र आप्रावासी श्रोत केन्द्रलाई थप व्यवस्थित बनाउनका लागि कोठा नं.समेत उपलब्ध गराउने प्रतिवद्धाता समेत व्यक्त गरेका छन् ।
उता कार्यक्रममा सामुदायीक विकास संस्था सुनसरी द्धारा संचालीत सामी परियोजना सुनसरीका जिल्ला संयोजक धिरज भट्टराईले बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन आफु कतै नचुकेको बताएका छन् ।
उनले दिनरात आफैँ सुनसरी जिल्लामा सञ्चालीत धरान, इटहरी, इनरुवा र भोक्राहा नरसिंह गाउँपालिका बाहेक स्थानीय तहमा बैदेशिक रोजगारीमा जाने युवाहरुलाई बैदेशिक रोजगार सम्बन्धी विभिन्न सूचनाहरु प्रदान गर्दै आएका छन् ।
पछिल्ला समय गाँउगाँउमा बैदेशिक रोजगारीका लागि यस्तो लहर छ कि, मानिस नजिकैको शहर देखेको हुदैन तर विदेश जानका लागि तयार भएको अवस्था देखिने गरेको जिल्ला संयोजक भट्टराईले जानकारी दिए ।
उनका अनुसार गाउँघर देखी शहर सम्मका अधिकांश युवामा बैदेशिक रोजगारीको एउटा लहर नै देखिन्छ ।
बैदेशिक रोजगारीको क्रममा नेपाली कामदारको मृत्यु हुने कारणहरुको विषयमा समेत सामी परियोजनाका जिल्ला संयोजक भट्टराईले प्रष्ट पारेका छन् ।

उनले बताएअनुासर बैदेशिक रोजगारीमा सडक दुर्घटना, कार्यक्षेत्र दुर्घटना, आत्महत्या, हत्या, तातो मौसम जस्ता कारणहरुले गर्दा नेपाली कामदारहरुको मृत्यु हुने गरेको जानकारी दिए । कतिपय कामदार दिनभर काम गरेपछि एसीमा सुतेपश्चात सुतेको सुतै हुने गरेका छन् । सोचेको जस्तो काम, सेवा सुविधा नपाउने, शोषण, हिंसामा पर्ने जस्ता कारणले विशेषगरी अनौपचारिक क्षेत्रमा कार्यरत नेपाली कामदारहरुको आत्महत्याको दर पनि बढेको बैठकमा प्रस्ट पारे ।
उता सोही बैठकमा सामी परियोजना प्रदेश नं.१ का संयोजक कोपिला दाहालले बैदेशिक रोजगारीका लागि श्रम स्विकृति लिन आवश्यक पर्ने कागजातहरु (पासपोर्ट, भीषा, रोजगार सम्झौता, हवाई टिकट, विमा, स्वास्थ्य परिक्षण प्रमाणपत्र, पैसा बुझाएको रसिद, अभिमुखीकरण तालिम प्रमाणपत्र, सिपको तालिम प्रमाणपत्र) मध्ये अधिकांश कागजात गलत बनाएर बैदेशिक रोजागरमा पठाउने क्रम बढ्दै गएको बताइन् ।

बैदेशिक रोजगारीमा जाने पूरुष सँगै महिलाहरु पनि पीडित हुने गरेको प्रदेश संयोजक दाहालले बताइन् ।
महिला भएका कारण घरदेखी नै हुने शोषण र हिंसाका कारण तुलनात्मक रुपमा पुरुषका तुलनामा महिला कामदारहरु बढी जोखिममा रहेका बताइन् । कतिपय महिला घरमा विभेद, हिंसा, एकल, आर्थिक दायित्व, श्रीमान कमजोर भएका कारण बैदेशिक रोजगारीमा जान्छन् तर त्योभन्दा बढी हिंसा र शोषणको शिकार गन्तब्य देशमा हुनुपरेको अवस्था रहेको बताइन् ।
यता आप्रवासी श्रोत केन्द्र सुनसरीमा बैदेशिक रोजगारी सम्बन्धी विभिन्न किसिमका उजुरी पर्ने गरेको बताएका छन् ।
आप्रवासी श्रोत केन्द्र सुनसरीका परामर्शकर्ता प्रमोद कुमार मेहताका अनुसार चालु आर्थिक वर्षको २०७८÷०७९ को मंसिर मसान्त सम्ममा बैदेशिक रोजगारी सम्बन्धी २ सय ७४ वटा उजुरी परेको बताए सो मध्ये २०४ वटा उजुरी सफल भएको जानकारी दिए ।

Tags: आप्रवासन केन्द्रमाकोठा नं.दिने प्रतिवद्धताःप्रजिअ इन्द्रदेव यादवसमन्वय बैठकसम्पन्नसामी परियोजना

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist