सन्तोष मेहता /विराटनगर । प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रप्रसाद राईले धर्मको दिशानिर्देशलाई अंगालेर अघि बढे सभ्य समाज निर्माणमा सघाउ पुग्ने बताएको छ । श्रीकृष्ण प्रणामी यूवा परिषद नेपालको विराटनगरमा आज आयोजित प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो । धर्मले जहिलेपनि सकारात्मक भाव दिने भएकाले समाजमा ब्याप्त गलत प्रबृतिहरुको अन्तगर्न र सत्चरित्र निर्माणगर्न समेत धर्मको दिशानिर्देश पालना गर्नु अपरिहार्य रहेको बताए । मुख्यमन्त्री राईले श्रीकृष्ण प्रणामी यूवा परिषद नेपालले लामो समयदेखी निरामिष भोजन,मद्यपान र दुब्र्यसनको अन्तकानिम्ति चलाउँदै आएको अभियान सिंगो देश र समाजकानिम्ति महत्वपुर्ण रहेको बताउँदै अभियानको प्रशंसा र सराहना समेत गरे । सो अवसरमा बोल्नुहुँदै आयोजक संस्थाका प्रदेश अध्यक्ष अनिल ढुंगानाले श्रीकृष्ण प्रणामी यूवा परिषद नेपालले हिंसा रहित र दुब्र्यसन मुक्त समाज निर्माणगर्ने अभियानमा जुटेको बताए । उनले धार्मिक संस्थाहरु जहिलेपनि मानव हितमा काम गर्ने भएकाले त्यसलाई ब्यवस्थितगर्न प्रदेशमा धार्मिक मन्त्रालय गठन गर्नुपर्ने त्यो गर्न नसकिए धार्मिक बिभागसम्म भएपनि गठन गर्नुपर्ने प्रदेश सरकारसामु माग गरे । परिषदको अधिवेशनमा प्रदेशका चौधै जिल्लाका विभिन्न मठमन्दिर,युवा,महिला र सेवा समितिका ४ सय ५० जना प्रतिनिधिहरुको सहभागिता छ । अधिवेशनबाट यसअघि तदर्थ समितिकोरुपमा रहेको कार्यसमितिलाई पुर्णता दिने तयारी समेत गरिएको परिषदका प्रदेश सदस्य गोकुल कोइरालाले जानकारी दिए ।
Discussion about this post