• pradeshpoint
  • Pradeshpoint
Sunday, January 18, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

विराटनगरमा ‘प्रथम जिल्ला स्तरीय मकरजंग तुम्रोक स्मृती ब्याडमिन्टन’ प्रतियोगिता सम्पन्न

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस १० गते, १८:५९ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, खेल पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
विराटनगरमा ‘प्रथम जिल्ला स्तरीय मकरजंग तुम्रोक स्मृती ब्याडमिन्टन’ प्रतियोगिता सम्पन्न
44
SHARES
Share on FacebookShare on Twitter

सन्तोष मेहता/विराटनगर ।
प्रदेश नम्बर १ स्थित विराटनगरमा ‘प्रथम जिल्ला स्तरीय मकरजंग तुम्रोक स्मृती ब्याडमिन्टन’ प्रतियोगिता सम्पन्न भएको छ । विराट ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगिताको भेट्रान्स डबल ४५ वर्षमाथिको खेलमा आयोजक विराट क्लबका मिलन नेम्वाङ र उत्तम सिमखडाको जोडी प्रथम, विराटनगरको राजधानी युवा क्लबका जीवन बोगटी र धनकुमार श्रेष्ठको जोडी दोस्रो, सलकपुर ब्याडमिन्टन क्लबका विष्णु आचार्य र अर्जुन कार्की तथा लक्ष्मीमार्गका विकास श्रेष्ठ र अर्जुन सुब्बाको जोडीले तेस्रो स्थान प्राप्त गरे । त्यस्तै मेन्स डबलतर्फ विराटका उत्तम सिमखडा र भोजबहादुर गुरुङको जोडी प्रथम, पथरीका नवीन राई र होम गुरुङको जोडी दोस्रो, राजधानी क्लबका अजय चौधरी र शशी चौधरी तथा बेलबारीका सरोज खवास र लाक्पा शेर्पाको जोडीले तेस्रो स्थान प्राप्त गरे । क्लबकै आफ्नो कभर्ड हलमा शुक्रबार र शनिबार दुई दिने प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा आयोजक विराट ब्याडमिन्टन क्लबसहित जिल्ला ९ वटा क्लबको सहभागिता रहेको थियो । जसमा बेलबारी ब्याडमिन्टन क्लब, उर्लाबारी ब्याडमिन्टन क्लब, सशस्त्र प्रहरी बल टंकीसिनवारी, डिडिसी क्लब, विराटनगरको राजधानी युवा क्लब, विराटनगर ब्याडमिन्टन क्लब, अवेश स्पोर्टस सेन्टर र नेपाल राष्ट्र बैंकले भाग लिएका छन् । प्रतियोगितामा मेन्स डबल र भेट्रान्स ४५ वर्षमाथिको इभेन्ट्समा ६४ जना खेलाडीले प्रतिष्पर्धा गरेको थियो । प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादव, क्लबका अध्यक्ष समशेर राईलगायतले पुरस्कार वितरण गरेको थियो ।   प्रतियोगिताको मेन्स डबलका विजेताले नगद २५ हजार, उपविजेताले नगद १५ र तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ नगद राशी तथा ट्रफि प्राप्त गरेका छन् । भेट्रान्स ४५ वर्षमाथिको विजेताले नगद २० हजार, उपविजेताले नगद १२ हजार र तेस्रो स्थान हुनेले नगद ४ हजार रुपैयाँका साथ ट्रफी प्राप्त गरेका छन् । खेलको मुख्य प्रायोजक रहेका अर्जुन तुम्रोक, दुर्गाप्रसाद तुम्रोक र ताराकुमार तुम्रोकले आफ्नो बुवाको स्मृतीमा प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष समशेर राईले जानकारी दिए ।

Tags: प्रतियोगिता सम्पन्नप्रथम जिल्ला स्तरीयमकरजंग तुम्रोक स्मृती ब्याडमिन्टन’विराटनगरमा

Related Posts

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
FEATURE

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
0

इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर
FEATURE

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
0

इटहरी । सानै उमेरदेखि विद्यार्थीको जग बलियो बनाउन इटहरी वडा नं. ४ मा रहेको किन्डरपिलर एकेडेमीले विद्यार्थीहरुलाई खेलकुद, सिर्जनात्मक र...

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist