इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले गाउँबासीका नाममा सम्बोधन गरेका छन् ।
गाउँबासीको नाममा सम्बोधन गर्दै पालिका अध्यक्ष यादवले आफ्नो जनताको हरेक सुखदुखमा साथ दिने बताएका छन् ।
उनले गाउँपालिकामा रहेका हरेक जनसमुदायलाई सम्बोधन गर्दै आफ्नो ४ वर्षे कार्यकालमा जनसमुदायको सेवामा लागिपरेको बताए ।
सम्बोधनकै क्रममा उनले भने मलाई आफ्नै साथीहरुले झुठा मुद्धामा फसाएको जनसमुदायहरुलाई समेत जानकारी गराए ।
सोही प्रसंगमा बोल्दैँ जनताको सेवामा म लगायत सबै जनप्रतिनिधि र कर्मचारीहरु लागि परेको बताए ।
जनताको सेवामा केही कमी भएको बताउँदै अध्यक्ष यादवले अबका दिनमा भोक्राहा नरसिंह गाउँपालिकाका जनताहरुलाई कुनैपनि सेवामा कमी हुन् नदिने बताएका हुन् ।
उनले भने देशमा शासकवर्गहरुले झुठा मुद्धामा फसाउने क्रम बढ्दै गएको इतिहास भएको सबैलाई स्मरण गराउँदैँ मलाई पनि झुठा मुद्धामा फसाएर पुर्पक्षका लागि जेल पठाएको सम्बोधनमा बताए ।
पालिका अध्यक्ष यादवले सम्बोधन गर्दै भने भोक्राहा नरसिंह गाउँपालिका अहिले धुलो मुक्त भएको छ । जुन धुलो भुक्त मैले होइन् हाम्रै जनताले तिरेको करको रकमले अहिले विकासमा तिब्रता आएको जानकारी दिएका हुन् ।
उता सोही सम्बोधनमा बोल्दै चुनाव जितेपछि तत्कालीन भोक्राहा गाउँपालिकालाई भोक्राहा नरसिंह गाउँपालिका बनाउनका लागि कार्यपालिका बैठक बसेर बहुमतले निर्णय पारित गराएर नरसिंहको नाम र नरसिंहवासीहरुलाई समेत विश्वास दिलाएको बताए ।
उनेले भने स्थानीय तहको चुनाव सकेपछि पहिलो कार्यकालको केही दिनपछि मात्र भोक्राहा नरसिंह गाउँपालिकामा ठुलै बाढी आएको थियो ।
सो बाढीबाट विस्थापीत भएका प्रत्येक व्यक्तिको घरघरमा पुगेर उनीहरुले तिरेको करको पैसाबाट घरपरिवार चलाउन राहत समेत उपलब्ध गराएको स्मरण गराए ।
Discussion about this post