इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन भएको छ ।
मंगलबार भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.५ मा चार दिने व्यवसाय सचेतना र लैगिंक समानता तथा समाजिक समावेशी कार्यक्रम सुरु भएको हो ।
भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा सञ्चालीत व्यवसाय सचेतना र लैगिंक समानता तथा समाजिक समावेशी कार्यक्रमको उद्घाटन भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताले गरेकी हुन् ।
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) उद्यम गरौँ, रोजगारीको अवसर सृजना गरौँ भन्ने मुल उदेश्यका साथ कार्यक्रम उद्घाटन गरिएको गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारीले जानकारी दिइन् ।
सो तालिमबाट भोक्राहा नरसिंह गाउँपालिका अन्तरगतका वडा नं.१, ५, ६ र ७ गरी ४ वटा वडाका ८५ जना स्थानीयबासीहरुलाई छनौट गरी विभिन्न लद्यु उद्यम विकासमा नयाँ लद्यु उद्यमी सृजना गरी तालिम सुरु गरिएको उद्यम विकास सहजकर्ता पूजा परियारले जानकारी दिइन् ।
उता उद्यमीको स्तरोन्नति आवश्यकता पहिचानका आधारमा पुनर्ताजगी र एडभान्स सीप विकास तालिम कार्यक्रम तर्फ ४० जना, अति गरिव परिवारहरुको लागि कम्तिममा १० जनाको लागि साझा सुविधा केन्द्रकोे स्थाप्ना, सम्भाव्य उत्पादनको उत्पादकत्व र बजार प्रतिस्पर्धा वृद्धि गर्नका लागि कम्तिममा ५ जनाको समुहमा प्रविधि हस्तान्तरण तर्फ २ वटा समुह छनौट भएको बरिष्ठ उद्यम विकास सहजकर्ता असोक कुमार उराँवले बताए ।
बरिष्ठ उद्यम विकास सहजकर्ता उराँका अनुसार उद्यमशीलता विकास तालिमका सहभागीहरु मध्ये सामान्यतः ३० प्रतिशतलाई लामो अवधि (४५दिनदेखि बढी ३ महिनासम्म), ३० प्रतिशतलाई मध्यम अवधि(१६ दिनदेखि ४५ दिनसम्म) र ४० प्रतिशतलाई छोटो अवधि (५ दिनदेखि १५ दिनसम्म) को तालिममा सहभागी गराउनु पर्ने जानकारी दिए ।
Discussion about this post