इनरुवा । विगत केही समय यता खुल्ला सिमानाकाका कारण नेपालमा साना हतियारको कारोबार डरलाग्दो ढंगले बढ्दै गएपछि प्रहरीले हतियार कारोबारीहरू लक्षित कारबाही सुरु गरेको छ ।
प्रहरीको कारवाही सुरु भएसँगै सुनसरीको कोशी गाउँपालिका १ लौकहीबाट दुई जना भारतीय नागरिकलाई २ जनालाई साना हतियार सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीले मंगलबार सार्वजानिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक संजयसिंह थापा र प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीको बिशेष अनुसन्धानले केही संगठित गिरोह नै हतियारको कारोबारमा संलग्न भएको देखिएकोे बताए ।
उनीहरुकोे जानकारी अनुसार खुल्ला सीमानाका भएको कारण सुनसरी जिल्लामा साना हातहतियारको कारोबारी बढेको जानकारी दिए ।
साना हतियार सहित सुनसरीको कोशी गाउँपालिका वार्ड नं.१ स्थित लौकहीबाट हतियार कारोबारीहरूलाई पहिचान गरेर विशेष अपरेशनबाट छिमेकी मुलुक भारत अररिया पञ्चायत बासमतिया ६ बस्ने ३५ वर्षीय विद्यानन्द राम र बसमतिया २ का ३१ वर्षीय हासिम अंसारीलाई पक्राउ गरी सार्वजानिक गरेका हुन् ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरेर हतियार सहित पक्राउ परेका राम र अंसारीलाई सार्वजनीक गरेको हो उनीहरुको साथबाट २ थान अटोमेटिक पेस्तोल, ४ थान म्याग्जिन, ३ राउण्ड गोली, २ हजार भारतीय रुपैयाँ, १ थान मोबाइल र बिआर ५० के ०१४९ नम्बरको मोटरसाइकल सेमत बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
हतियार सहित पक्राउ परेका भारतबाट बिआर ५० के ०१४९ नम्बरको मोटरसाइकलमा हतियार लिएर नेपाल तर्फ बिक्रि वितरणका लागि आइरहेको छ भनी गोप्य सूचनाको अधारमा खटिएको प्रहरीको टोलीले राम र अंसारीलाई हतियार सहित सोमबार नियन्त्रणमा लिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
पक्राउ परेका दुबै जना हातहतियार कारोवारी भएको र उनीहरुको बिषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post