इटहरी । सुनसरीको इटहरीमा नेकपा एकिकृत समाजवादीले संगठन निमार्णको क्रममा महिला–महिलामा नेकपा एस अभियान मार्फत संगठन विस्तार थालेको छ।
पुर्वक्षेत्रको व्यस्त शहरका रुपमा विकसित हुदै गएको इटहरीमा नेकपा एसले सवै तहका मानिसका बिचमा पार्टीको संगठन विस्तार गर्ने क्रममा एकसातादेखि न्युनतम ५ हजार महिलालाई संगठित गर्न महिला–महिलामा नेकपा एस अभियान संचालनमा ल्याएको हो ।
नेकपा एसका इटहरी इन्चार्ज केवल फुयालका अनुसार घना शहरीकरण भएको इटहरीमा शिक्षीत, सचेत र जागरुक महिलाहरुको सख्याँ अधिक रहेकाले महिला नेतृत्वको विकास गर्ने उदेश्यले टोल वस्तीमा महिला–महिलामा नेकपा एस अभियान चलाएको बताए ।
इन्चार्ज फुयालले भने एक हप्ताको बिचमा सात वटा भन्दा बढी वडाका टोल वस्तीमा एक हजार भन्दाबढीको सख्याँमा महिलाहरु पार्टी संगठन र जनवर्गिय संगठनमा संगठित भएका छन ।
महिला दिदीबहिनीलाई नेतृत्व क्षमताका विकास गर्दै राजनितिमा सहभागीता अभिबृद्धी गर्न आवश्यक राजनितिक ज्ञान, सुचना, जानकारी दिदै विचार र सैद्धान्तिक रुपमा अरुलाई बताउन सक्ने गरि प्रशिक्षणसमेत दिने गरिएको छ ।
फुयालका अनुसार प्रत्येक टोलमा महिला दिदीबहिनीहरुको पायक पर्ने समयमा आयोजना हुने भेलामा पार्टीका तर्फबाट केन्द्रिय सदस्य केशव विष्ट, नगर अध्यक्ष गणेश बुढाथोकीलगायतको टिमले महिलाहरुले उठाएका सवालको बारेमा स्पष्ट पार्न अन्र्तक्रिया छलफलमा सहभागी हुने गरेका छन ।
नेकपा एस इटहरीका अध्यक्ष गणेश बुढाथोकीले भने भेलामा सहभागी महिलालाई पार्टी कमिटीका अतिरिक्त अखिल नेपाल महिला संध, अनेरास्ववियु, युवासंध, खेलकुद महासंघलगायत उहाँहरुको रुची चाहाना र क्षमता अनुसार जिम्मेवारी दिने गरिएको छ ।
अध्यक्ष बुढाथोकीले इटहरीमा श्रम रोजगारसग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिने सख्याँ महिलाहरुको धेरै भएकाले दिदिबहिनीहरुको आग्रहमा क्षमता अनुसारको जिम्मेवारी र क्षेत्रगत संगठनमा आवद्ध गराउने गरिएको छ ।
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न
चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ। तालिम गाउँपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन...










Discussion about this post