• pradeshpoint
  • Pradeshpoint
Saturday, April 25, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

राजनीतिक दलका संगठनबाटै सामुदायिक विद्यालयमा हस्तक्षेप

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस १४ गते, १८:०० बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
राजनीतिक दलका संगठनबाटै सामुदायिक विद्यालयमा हस्तक्षेप

rf}/df a;]/ cWoog ub}{ ljBfyL{ s~rgk'/,!# k';M s~rgk'/sf] k'g{jf; gu/kflnsf–( l:yt /fli6«o dfWolds ljBfnosf ljBfyL{ k'; / df3 dlxgfdf sIff sf]7fdf a9L lr;f] x'g] ePsfn] 3fd nfu]sf] ;dodf rf}/df a;]/ cWoog ub}{ . tl:a/M z]/axfb'/ l;+x÷ /f;;

22
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं– बालबालिकाले पढ्न पाउने विश्वव्यापी अधिकारको सम्मानसहित विद्यालयलाई राजनीतिक दलगत हस्तक्षेपबाट मुक्त गर्दै शान्ति क्षेत्र बनाउने प्रतिबद्धता गरेका प्रमुख दल र संगठनबाटै पटक–पटक त्यसको उल्लंघन हुने गरेको छ ।
नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३१ को शिक्षासम्बन्धी हक, बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७ ९८० शान्तिपूर्ण तथा बालमैत्री वातावरणमा पढ्न पाउने बालबालिकाको हकको व्यवस्था गरिएको छ ।
विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ ले विद्यालयलाई सशस्त्र गतिविधि, हिंसा, दलगत राजनीति तथा अन्य हस्तक्षेप, भेदभाव, दुव्र्यवहार, बेवास्ता र शोषणबाट मुक्त राख्ने व्यवस्था गरेको छ । ५ मंसिर ०६३ को विस्तृत शान्ति सम्झौतापछि सरकारले ११ जेठ ०६८ मा मन्त्रिपरिषद्बाट विद्यालय शान्ति क्षेत्रको अवधारणा पारित गरेको थियो ।
बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६, ९२०, ९ अनुसार विद्यालयमा हुने त्यस्ता गतिविधि बालबालिकाविरुद्धको कसुर हो । यो कसुरका लागि ७५ हजारसम्म जरिमाना र ३ वर्ष कैद हुन सक्ने प्रावधान छ ।
यस्तो काम नैतिक पतन हुने फौजदारी कसुर मानिएको छ । उक्त ऐनमा ‘कसैले सशस्त्र द्वन्द्व वा जस्तोसुकै प्रतिकूल अवस्थामा कुनै पनि प्रयोग हुने विद्यालयलगायत स्थान, सेवा वा सुविधालाई आक्रमण वा सोको सञ्चालन एवं व्यवस्थापनमा अवरोध गर्न वा गराउनुहुँदैन’ भन्ने उल्लेख छ भने ऐनको दफा ७२ मा कारबाहीको व्यवस्था गरिएको छ ।
गत निर्वाचनको घोषणापत्रमा वाम गठबन्धनले विद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त गर्दै शान्ति क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । नेपाली कांगे्रससहित अन्य दलले पनि घोषणापत्रमा कल्याणकारी राज्यअन्तर्गत शिक्षा क्षेत्रलाई सवल बनाउने उल्लेख गरेको थियो । उक्त संवैधानिक व्यवस्था र प्रतिबद्धताविपरीत पछिल्ला समय विद्यालयमा पठनपाठन अवरोध हुने गरी राजनीतिक गतिविधि भएको पाइएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकाका चार, बत्साला माध्यमिक विद्यालय र लमजुङको क्ब्होलासोथार गाउँपालिका वडा नम्बर १ जनज्योति माध्यमिक विद्यालयमा अनेरास्ववियुले ८ पुसमा पढाइ अवरोध गरेर विद्यालय कमिटी गठन गरेको छ । यस्तै, जाजरकोटमा सर्वदलीय निर्णय गरी मेला लगाउन सदरमुकाम खलंगाको त्रिभुवन माध्यमिक विद्यालयमा १२ देखि १६ पुससम्म पढाइ बन्द गरिएको छ भने एमाले पर्साको जगरनाथपुर गाउँपालिकामा ८ पुसमा भएको सभामा त्यहाँका सबै विद्यालय बन्द गरी विद्यार्थीलाई सहभागी गराइएको छ ।
विद्यमान शिक्षा नियमावलीमा वर्षमा कम्तीमा १९२ दिन विद्यालय खुल्नुपर्ने व्यवस्था छ । बालबालिकामाथि टेलिफोन, इन्टरनेट, अनलाइनलगायत विद्युतीय सञ्चार माध्यम वा अन्य माध्यमबाट बालबालिकालाई हैरानी गर्ने, तर्साउने, धम्क्याउने, गलत सूचना प्रवाह गर्नेजस्ता कार्य पनि भइरहेका छन् ।
११ महिनाअघि गत २१ माघमा बैतडीमा विद्यालयबाट घर फर्कंदै गर्दा भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएको थियो । गत १७ साउनमा रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ४ विष्णुपुकारस्थित श्री माध्यमिक विद्यालयमा व्यवस्थापन समिति अध्यक्ष चयनका क्रममा झडप हुँदा बाँसको भाँटाको प्रयोगबाट १७ जना घाइते भएका थिए ।
पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित गीतागजेन्द्रराज जोशी माध्यमिक विद्यालयमा गत १४ मंसिरमा अधिकारका लागि आवाज उठाउँदा सुरक्षाकर्मीले विद्यार्थीमाथि हस्तक्षेप गरेका थिए । सञ्चार माध्यममा सार्वजनिक नभएका यस्ता घटना पनि अनगन्ती छन् ।
बाल संरक्षण र बाल अधिकारमा क्रियाशील नागरिक संस्थाको राष्ट्रिय सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान ९सिजप० सहित विभिन्न शैक्षिक सञ्जालले पछिल्लो समय विभिन्न दल, भ्रातृ संगठन तथा समुदाय स्तरबाटै बालबालिकालाई जुलुस, सभा र विद्यालयमा विद्यार्थी संघ–संगठनका गतिविधिमा संलग्न गराएकामा आपत्ति जनाउँदै आएका छन् ।
सिजपका अध्यक्ष राजेश शर्मा र महासचिव मीना शर्माले जारी गरेको विज्ञप्तिमा जुलुुस तथा कुनै पनि राजनीतिक क्रियाकलापमा बालबालिकाको प्रयोग नगर्न, कुनै पनि बहानामा विद्यालय बन्दजस्ता गतिविधि नगर्ने, हुन नदिने र शान्तिपूर्ण सुरक्षित तथा बालमैत्री वातावरणमा शिक्षण सिकाइको प्रत्याभूति गराउने वातावरण गराउन स्थानीय सरकारको पनि ध्यानाकर्षण गराइएको छ ।
अध्यक्ष शर्माले सञ्जालले सम्बन्धित संस्थाको समन्वयमा बाल अधिकार र शिक्षा अधिकारविरोधी त्यस्ता गतिविधिको नियमित र प्रभावकारी अनुगमन गर्ने बताइन् ।
तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्वका बेला २६ असोज ०६० मा डोटीको मुढभरास्थित शारदा उच्च माध्यमिक विद्यालयमा विद्रोही पक्षको सांस्कृतिक कार्यक्रममा सुरक्षा निकायबाट भएको गोली प्रहारका क्रममा चार विद्यार्थीसहित १० जनाको मृत्यु तथा केही विद्यार्थी घाइते भएपछि अधिकारकर्मीले बालबालिका शान्ति क्षेत्र र विद्यालय शान्ति क्षेत्रका लागि देशव्यापी आवाज उठाएका थिए । अभियानकै निरन्तरताका क्रममा सिजप सञ्जाल विस्तार गरिएको हो ।श्रोतःपालिका खबर

 

Tags: राजनीतिक दलकाविद्यालयमासंगठनबाटैसामुदायिकहस्तक्षेप

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist