इनरुवा । पछिल्लो दुई दिन यता सुनसरीमा चिसो बढेपछि विपन्न र गरिव परिवारका विद्यार्थीहरु बिचल्लीमा परेका छन् ।
केही दिनयतादेखि मौसममा परिवर्तन हुनाका साथै लगातार दुई दिन यता ह्वात्तै चिसो बढेपछि जिल्लाको १२ वटै स्थानीय तहमा रहेका विपन्न र गरिव परिवारका विद्यार्थीहरु बिचल्लीमा परेको हो ।
विपन्न र गरिव परिवारका विद्यार्थीहरुलाई चिसो मौसममा विद्यालय जान न्यानो कपडाको अभाव भएको भन्दैँ बिचल्लीमा परेको देवानगञ्ज गाउँपालिका वार्ड नं.४ का स्थानीय सुरज मेहताले जानकारी दिए ।
लगातार दुई दिनदेखी बढेको चिसो मौसमका कारण जिल्लाको धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, रामधुनी, दुहवी, भोक्राहा नरसिंह, गढी, देवानगञ्ज, बर्जु, हरिनगर र कोशी पालिका अन्तरगत रहेका सामुदायीक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्न थालेको पाइएको छ ।
समुदायीक विद्यालयका तल्ला कक्षाका विद्यार्थीको उपस्थिति चिसोको कारण न्यून हुन थालेको सम्बन्धित विद्यालयका शिक्षकले बताए । मंगलबार विद्यार्थीको उपस्थिती केही बढेपनि बुधबार समान्य वर्षाका कारण चिसो बढेपछि स्कुल आउने विद्यार्थीको संख्यामा कमी आएको संचारकर्मीहरुको स्थलगत अनुगमनमा देखिएको हो ।
चिसो बढेका कारण विद्यार्थी नानीहरुमा निमोनिया वा टाइफाइड हुने र चिसोका कारण अन्य असर हुन सक्ने भन्दै अहिले अभिभावकले साना नानीहरुलाई बिद्यालय नपठाएको केही विद्यार्थीका अभिभावकहरुको कथन छ ।
Discussion about this post