इनरुवा । सुनसरीमा नेकपा एमालेको जिल्ला सम्मेलनको तयारी भएको बेला भोक्राहा नरसिंह गाउँपालिका एमाले गाउँकमितिले ३७ जना जिल्ला प्रतिनिधि छनौट गरेको छ । नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटिको पूर्ण बैठकले सबै भन्दा बढी १ नम्बर वडाबाट ११ जना र कम ६ नम्बर वडामा १ जना सहित कुल ३७ जना जिल्ला प्रतिनिधि छनौट गरेको हो ।
त्यसैगरी गाउँ कमिटि सहसचिबमा रमेश कुमार यादव र विशनाथ कर्णलाई चयन गरेको जनाएको छ । युवा संघका अध्यक्ष समेत रहेका यादवले सहसचिब जिम्मेबारी पाएको छ । यहाँ नौ सय जना संगठित सदस्य भएकाले त्यसमा प्रति २५ जनामा एक जनाका दरले ३७ जना जिल्ला प्रतिनिधि छनौट गरेको एमाले भोक्राहा नरसिंह गाउँ कमिटिका अध्यक्ष रामकुमार मेहताले जानकारी दिए । एमाले भोक्राहा नरसिंह गाउँ कमिटिको पूर्ण बैठकमा सचिव हातिम अंसारी, रमेश यादव सहित सदस्यहरुको उपस्थिती रहेको थियो ।
Discussion about this post