• pradeshpoint
  • Pradeshpoint
Wednesday, May 6, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सप्तकोशी बैंक प्रकरणः किन परेनन् नायव सिइओ र लेखपरिक्षक अनुसन्धानको दायरामा ?

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस १८ गते, १७:४१ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
सप्तकोशी बैंक प्रकरणः किन परेनन् नायव सिइओ र लेखपरिक्षक अनुसन्धानको दायरामा ?
69
SHARES
Share on FacebookShare on Twitter

इटहरी / सप्तकोशी विकास बैंकमा भएको घोटला प्रकरणमा जोखिम न्यूनिकरणको महत्वपूर्ण जिम्मेवारी पाएका नायव कार्यकारी प्रमुख कुमार खड्का अनुसन्धानको दायरमा नपर्नु चर्चाको विषय बन्न थालेको छ । प्रमुख कार्यकारी अधिकृत (सिइओ) नविन सुवेदीसहित बैंकका अप्रेसनल प्रमुख अमित थापा मगर, वित्तीय प्रमुख देवीप्रसाद भण्डारी र जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छ । तर आश्चार्यलाग्दो कुरा त के भने बैंकको जोखिम व्यवस्थापनको समेत जिम्मा पाएका नायव कार्यकारी प्रमुख खड्का भने अनुसन्धानको दायरामा तानिएका छैनन् । खड्का बैंकका प्रमुख जोखिम नियन्त्रक समेत हुन् । यो बैंकको घोटला प्रकरणलाई जोडेर बैंकका सिइओ सुवेदी लाई प्रहरीले नियन्त्रणमा लिँदै केन्द्रीय अनुसन्धान ब्युरो समेतको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय मोरङ र नेपाल राष्ट्र बैंकलेसमेत अनुसन्धान गरिरहेको छ । तर यति ठूलो घोटला प्रकरणमा जोखिम नियन्त्रणको जिम्मेवारी पाएको नायव कार्यकारी प्रमुख खड्का अनुसन्धानको दायरामा नल्याएपछि वित्तिय वृत्तमा आशंका गर्न थालिएको छ । सामान्यतयाः बैंक तथा अन्य वित्तिय संस्थाहरुमा यस किसिमको घटनामा बैंकका जिम्मेवार पदाधिकारीमाथि छानविन र अनुसन्धन गर्नु स्वभाविक नै हो । यहि क्रममा प्रहरीले केहि पदाधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धानलाई सुक्ष्म रुपमा अघि बढाइरहेको छ ।   

तर, यो अनुसन्धान र छानविनको दायरामा खड्का किन परेनन् ? यो सर्वत्र चर्चाको मात्रै नभएर आशंकाको विषय पनि बन्न थालेको छ । प्रहरीले अनुसन्धान गरिहेको यो घटनालाई बैंकको स्थापनाकालदेखिको अवस्थाका साथै सप्तकोशी बैंक र कावेली विकास बैंक विच भएको मर्जको विषयलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिन्छ । करिब दुई वर्ष अगाडि सप्तकोशी र काबेलीविच मर्ज भएर सप्तकोशी विकास बैंक बनेको थियो । त्यो बेला तत्कालीन दुई बैंकका व्यवस्थापन विच एकीकरण गर्दै पद तथा जिम्मेवारी बाँडफाँडको क्रममा पनि विवाद सिर्जना भएको स्रोतको भनाइ छ । सप्तकोशीबाट आएका प्रमुख कार्यकारी अधिकृत सुवेदी र कावेलीबाट आएका नायव कार्यकारी प्रमुख खड्काविच त्यहि वेलादेखि नै आन्तरीक मनमुटाब र आ–आफ्नो बैंकको कर्मचारीहरुको गुटबन्दी हुँदै आएको देखिन्छ । यो तथ्यलाई पनि आधार मानेर विश्लेषण गर्ने हो भने सुवेदी र उनिसँग नजिक भएका समुहलाई फसाउन खड्का निरन्तर रुपमा गोप्य ढंगबाट परिचालित भएको स्रोतको दावि छ । अत्यन्तै सुक्ष्म ढंगबाट प्रहरी र राष्ट्र बैंकले हेरिहरेको यो प्रकरणमा को, के कति दाषी भन्ने कुरा त पत्ता लाग्न सक्ला तर छानविन र अनुसन्धानकै दायरालाई थप फराकिलो बनाउँदै खड्का र उनको समग्र आर्थिक गतिविधिमाथि अनुसन्धान गर्नु पर्ने वित्तिय विज्ञहरुको धारणा छ ।                                                                 एकाएक लेखापरिक्षकको राजिनामा किन ?                सप्तकोशी बैंक घोटला प्रकरणमा खड्काको अनुसन्धान माग उठ्दै गर्दा अर्को रहस्यको विषय पनि बाहिर आएको छ । जुन कुरामा राष्ट्र बैंक र प्रहरीको ध्यान गएको देखिँदैन । सप्तकोशी विकास बैंकमा लेखापरिक्षकको रुपमा इटहरीका रौनक कोइराला नियुक्त थिए । जब बैंकको यो घोटलाको सवालमा सिइओ सुवेदीले थाहा पाएर आफू स्वयम केन्द्रिय अनुसन्धान ब्युरो पुगेर छानविन र अनुसन्धानका लागि बैंककोतर्फबाट अनुरोध गरे तब लेखापरिक्षक कोइरालाको मुटुमा ढ्याङ्ग्रो ठोक्न थाल्यो र उनिले आतिदै प्रहरीले यो प्रकरणको अनुसन्धान प्रारम्भ गर्नुपूर्व एकाएक राजिनामा गरे । लेखापरिक्षकले हरेक वर्ष बैंकको आम्दानी र खर्च मात्रै होइन् त्यसको स्रोत र स्रोत परिचालन कहाँ भएको छ भन्ने थाहा पाउँछ । रौनकले वर्षौँसम्म लेखापरिक्षकको रुपमा बैंकका काम गर्दा निरन्तर आर्थिक घोटला भएको थाहा पाइरहे तर किन बाहिर ल्याएनन् ? लेखापरिक्षक कोइरालाले यो घोटला प्रकरण सतहमा आउनु एक महिना पूर्व मात्रै राजिनामा दिएका थिए । यसले कतै लेखापरिक्षक कोइरालाले यो विषय थाहा पाएर फस्ने डरले नै राजिनामा दिएका त हैनन् ? यो विषय पनि प्रहरी र राष्ट्र बैंकको अनुसन्धानको एउटा कडि बन्नसक्छ । यो बैक प्रकरणलाइ नजिकबाट विश्लेषण गर्ने विश्लेषकहरुले कतै एउटा समुहले अर्को समुहलाइ फसाउने ग्राण्ड डिजाइन त भइरहेको छैन भन्ने चर्चा पनि चल्न थालेको छ ।

Tags: अनुसन्धानको दायरामा ?एकाएक राजिनामा किन ?किन परेनन् नायव सिइओलेखपरिक्षकसप्तकोशी बैंक प्रकरणः

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist