• pradeshpoint
  • Pradeshpoint
Friday, May 8, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

शिवम् सिमेन्टका कारण बस्ती जोखिमामा

वर्षायाममा  खेतबारी र घर बगाउनेसमेत चिन्ता

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस १८ गते, १८:०७ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार
शिवम् सिमेन्टका कारण बस्ती जोखिमामा
43
SHARES
Share on FacebookShare on Twitter

वाग्मती / मकवानपुरको हेहेटौंडा वडा नं १६ मा रहेको शिवम् सिमेन्ट उद्योगले कञ्चापदार्थ चुनढुङ्गाका लागि मकवानपुरगढीमा रहेको खानीमा जथाभावी रुपमा उत्खनन गर्दा स्थानीयवासी समस्यामा परेका छन् ।

उक्त खानीबाट जथाभावी उत्खननले आफनो घरजग्गा राम्रोसँग उपयोग गर्न नपाउनाका साथै वर्षायाममा खेतबारी र घर बगाउनेसमेत चिन्ता बढेको स्थानीयवासीको गुनासो छ ।

उद्योगको ढुङ्गाखानी मकवानपुरगढी गाउँपालिका– २, ३, ६, ७ र ८ मा विस्तार भए पनि विशेष गरी खानी आसपासका र सामरी खोला किनारका बासिन्दा चिन्तित छन् ।

उद्योगले मकवानपुरगढीको खोटार, चपकी र कलवान क्षेत्रमा अव्यवस्थित रुपमा चुनढुङ्गा उत्खनन गरी पथ्थर र माटो बालुवा यत्रतत्र फाल्दा त्यहाँका जगङ्लसमेत मासिएको छ ।

उद्योगले खानी उत्खनन गर्दा पु¥याउनुपर्ने मापदण्ड पूरा नगरेका कारण समस्या भएको बस्ती तथा भूमि संरक्षण समूहका सचिव पुस्कर तिमल्सिनाले बताए ।

उक्त समूहको टोलीले केही दिन अगाडि चुनढुङ्गा खानी क्षेत्रको अवलोकन गरेर खानी अव्यवस्थित रुपमा सञ्चालन भएको भन्दै प्रतिवेदन तयार गरेको उनको भनाइ थियो ।

समूहले खानी अव्यवस्थित भएको देखाउँदै उद्योगसँग १२ बुंदे माग राखेको थियो ।

मागपत्रमा खानीबाट निस्केर प्रयोगमा नआउने कञ्चापदार्थ सुरक्षित स्थानमा राख्नुपर्ने र बोटबिरुवा तथा जडीबुटीमा असर नपर्ने गरी गाउँपालिकासँग स्वीकृति लिएर व्यवस्थापन गर्नुपर्ने, खानी उत्खनन गर्दा वैज्ञानिक मापण्ड अपनाउनुपर्ने, खानीका कञ्चापदार्थलाई उचित व्यवस्थापन गर्नेुपर्ने र वडा नं १ देखि वडा नं ८ सम्मका तटीय क्षेत्र पूर्ण जोखिममा रहेकाले संरक्षणको जिम्मा सम्बन्धित उद्योगले लिनुपर्नेजस्ता विषय रहेको जनाइएको छ ।

उक्त विषयमा स्थानीयवासीको बसेको सर्वपक्षीय बैठकले खानी उत्खननमा भएको दुरुपयोग नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ ।

मकवानपुरगढी गाउँपालिका प्रमुख, सम्बन्धित वडाका वडाध्यक्ष र बस्ती संरक्षण समूहको प्रतिनिधिबीच भएको बैठकले पुस १९ गते र ३० गतेसम्म खानी क्षेत्रको अवलोकन गरेर थप विवरण लिने निर्णय गरेको सचिव तिमल्सिनाले जानकरी दिए ।

उद्योग प्रशासनलाई पटकपटक जथाभावी उत्खनन नगर्न ताकेता गर्दासमेत सुनवाइ नगरेकाले वास्तविक प्रतिवेदन आएपछि कारबाही अघि बढाइने उनले बताए ।

चालू आवको २०६ योजना सम्झौतामध्ये ७४ योजना सम्पन्न

हेटौँडा उपमहानगरपालिकाको चालू आर्थिक वर्षको २०६ वटा पूर्वाधार विकास निर्माणका स्वीकृत योजनामध्ये ७४ योजना सम्पन्न भएको छ ।

सडक पूर्वाधारतर्फका ५६ र अन्य १८ वटा योजना सम्पन्न भएको हो । चालू आर्थिक वर्षको साउनदेखि हालसम्ममा ती योजना पूरा भएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

सम्झौता भई कार्यावन्यनमा रहेका धेरै योजना सम्पन्न हुने चरणमा पुगेको र कतिपय योजना सम्पन्न भएर भुक्तानीको चरणमा छन् ।

उपमाहगपालिकको गौरवका आयोजनाका रुपमा रहेको हेटौँडा वडा नं ४, ५ र ८ को मध्य भागमा रहेको कोर्रा करिडोर निमार्णको दोस्रो चरणको कार्य अगाडि बढाइएको, उपमहानगर क्षेत्रमा विगत ५ महिनामा आठ किलोमिटर स्ल्याब ढलान गरिएको, हेटौँडा वडा नं– १० मा रहेको एकीकृत बस टर्मिनल निमार्ण भइरहेकाले कार्यप्रगति ४० प्रतिशतभन्दा बढी भइसकेको उनको भनाइ थियो ।

वडा नं ८ मा रहेको चन्द्रोदय माविको चौरमा प्याराफिट निर्माण कार्य द्रुतगतिमा भइरहेको, जिल्ला समन्यय समिति तथा हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसगँको समन्वयमा हेटौँडा वडा नं –१४ स्थित वनेलधाप कालोपानी खानेपानी योजनाको निमार्णकार्य अन्तिम चरणमा रहेको, वाग्मती प्रदेश सरकारको कार्यक्रमअन्तर्गत दुई वटा स्वीकृत आयोजनामा संझौताको अन्तिम चरुणमा रहेको, बागमती प्रदेश सरकारबाट हस्तान्तरित सर्सत अनुदानको २९ वटा आयोजनामध्ये ८ वटा सम्पन्न भइसकेको, १६ वटामा सम्झौता भएको र बाँकी सम्झौताको अन्तिम चरणमा रहेको बताइएको छ ।

उपमहानगरपालिकाको प्रत्येक वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने लक्ष्यअनुरुप वडा नं १४ को वकार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको र वडा नं७ को कार्यालय भवन निर्माणका लागि अघि बढाइएको जनाइएको छ ।श्रोतःन्युजअभियान

Tags: कारणखेतबारी र घरबगाउनेसमेत चिन्ताबस्ती जोखिमामावर्षायाममाशिवम् सिमेन्टका

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist