इनरुवा ।सुनसरी बहुमुखी क्याम्पस इनरुवामा खेलकुद प्रतियोगिता समपन्न भएको छ ।
समपन्न खेलकुद प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई पुरस्कार वितरण समेत गरेको छ । आईतबार विभिन्न खेलमा उपाधी चुमेका तथा विजयी भएका खेलाडीहरुलाई एक कार्यक्रमका बीच प्रमुख अथिति नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवंम प्रदेश १ का सांसद राजिव कोइरालाले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेको हो ।
कार्यक्रमका बिशिष्ठ अतिथी एंव सुनसरी बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद घिमिरे, अथितिमा नेपाल विद्यार्थी संघका क्याम्पस इकाई सभापती सेराज हुसैन, समाजवादी विद्यार्थी संगठनका अध्यक्ष देवकुमार यादव,क्याम्पस प्रमुख इनु भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
कवडी,दौड, व्यडमिण्टन सहितका ६ वटा खेलका विजयी प्रतियोगिलाई प्रमुख अथिति राजिव कोइरालाको पुरस्कार वितरण गर्दै इनरुवामा शिक्षा क्षेत्रको सुधारको लागि जोड दिए । उनले भौतिक पूर्वाधार निर्माण र शैक्षिक संस्थामा आफ्नै यातायातको ब्यवस्था हुनुपर्ने र त्यसमा आफूले पनि पहल गर्ने बताए ।
कोईरालाले खेलकुदले शारिरिक, मानशिक र सामाजिक रुपमा पनि फाईदा गर्ने भएकाले खेलका विजयी प्रतियोगिलाइ बधाई तथा खेलाडीहरु शुभकामना दिएका हुन् ।
Discussion about this post