विराटनगर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्ने बताएका छन् ।
धरान दिवस २०७८ मा सहभागी हुन धरान आएका उनले प्रतिष्ठान सुधारमा लागिपर्ने बताए। प्रतिष्ठानका कुलपति समेत रहेका देउवाले धरानलाई शिक्षा र स्वास्थ्यको हब बनाउन लागिपर्ने प्रतिवद्धता जनाए ।
केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पुर्वान्चल इन्जिनियर क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस र पिण्डेश्वर विद्या पिठको उल्लेख्य सुधारको पक्षमा आफू रहेको बताए ।
साथै उनले धरान उपमहानगरपालिकामा तिलक राई मेयर भएपछि राम्रो काम भएको बताएका छन् । कम्युनिस्टको गढ तोड्दै राई विजयी भएपछि धरानको विकाशमा उल्लेख्य प्रगति भएको बताए ।
पार्टी सभापतिमा आफ्नो अन्तिम कार्यकाल भएको स्मरण गराउँदै देउवाले केही समयमै आउने तिनै तहका निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । महाधिवेशनको समयमा भएको प्रतिस्पर्धाको तुष नराखी पार्टी एकतामा जोडी दिनुपर्ने बताएका हुन् ।
धरानका मेयरले राम्रो काम गरेको बताउँदै उनले धरानबाट कम्युनिस्टको गढ भत्किन सुरु भएको बताए । अब पनि धरानमा काँग्रेसलाई जिताउन लागिपर्ने उनले आग्रह गरे ।
प्रधानमन्त्री देउवाले आज धरानका विभिन्न कार्यक्रमहरूमा सहभागी भएर दिउसो आयोजित धरान स्थापना दिवसको उद्घाटन गरेका थिए। बिहान नेपाली सेनाको हेलिकोप्टरमा धरान आइपुगेका देउवा काठमाडौँ फर्किसकेका छन् ।श्रोतः हाम्रोमत
Discussion about this post