सन्तोष मेहता
विराटनगर / राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश-१ मा ३ पदका लागि ८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धन, नेकपा एमाले र राप्रपाले आठ जनाको उमेदवारी दर्ता गराएका हुन् । सत्तारुढ गठबन्धनको तर्फबाट काँग्रेसका गोपाल बस्नेत, एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादीका हेमराज थुलुङ राईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै एमालेबाट गुरुप्रसाद बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकातर्फबाट झापाका अमर विष्ट र रञ्जु प्याकुरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । राप्रपाले अपाङ्गता तथा अल्पसंख्यकतर्फ भने उम्मेदवारी दिएको छैन । चार वर्षे कार्यअवधि पूरा गरी रिक्त हुने राष्ट्रियसभाका तीन सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post