सन्तोष मेहता/विराटनगर ।
चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कमा विद्यार्थीलाई पठनपाठन गराउन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले नोवेल मेडिकल कलेजमा ताला लगाउने चेतावनी दिएका छन् । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कमा विद्यार्थीलाई पठनपाठन गराउने व्यवस्था नगरे बुधबार नोवेल मेडिकल कलेजमा ताला लगाउने चेतावनी दिएका हुन् । चिकित्सा शिक्षा केन्द्रिय संघर्ष समितिका संयोजक मनिष भट्टराईले नोवेललाई २४ घण्टे अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाइसकेको जानकारी दिए । यस्तै अनेरा स्ववियु मोरङ जिल्ला सदस्य नविन पहाडीले विद्यार्थीले दिएको अल्टिमेटमलाई सम्बोधन नगरे बुधबार नोवेल मेडिकल कलेजमा तालाबन्दी गर्ने चेतावनी दिए । उनले अतिरिक्त शुल्क बुझाएका र विदेशी विद्यार्थी बाहेक अन्य विद्यार्थीलाई मेडिकल कलेजमा छिर्ने नदिएका कारण अस्पतालको चेनगेटमै तालाबन्दी गर्ने चेतावनी दिएको छ । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै विभिन्न निकाय धाएका विद्यार्थीहरूले कतैबाट सुनुवाइ नभएपछि एक साता देखि नोवेल मेडिकल कलेज परिसरमा धर्ना, आन्दोलनलगायतका विरोधका कार्यक्रम गर्दै आएका छन् ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post