मान बहादुर ठकुल्ला
टीकापुर / नेपालमा नै बेतबाँस र अजिङ्गरकाे खानीकाे रुपमा परिचित सत्ती कर्णाली सामुदायिक बन उपभोक्ता समुह टीकापुर ७ सत्ती कैलालीको २८ औं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सामुदायिक वनका अध्यक्ष धनसिह साँउदकाे अध्यक्षतामा भएकाे बार्षिक साधारण सभामा प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावल रहृका थिए भने बिशिष्ठ अतिथिमा ईलाका बन सव डिभिजन कार्यालय पहलमानपुरका प्रमुख रहेका थिए । सामुदायिक वनका उपाध्यक्ष पहल बस्नेतकाे स्वागत मन्तव्यसंगै शुरु भएकाे बार्षिक साधारण सभा टाेप बहादुर केसी , धर्म घर्तिमगर,यज्ञ न्याैपाने, जगबिर शाह, हरि कसमार कार्की, फकिरसिह कडायत, जंग बहादुर साउद, दिर्घ बहादुर ठकुल्ला लगायतले शुभकामना मन्तव्य राखेका थिए । सामुदायिक वनका काेषाध्यक्ष मनिराम ढुङ्गानाले संचालन गरेकाे कार्यक्रममा आर्थिक बर्ष ०७७/७८ काे ८४ लाख ७ हजार १ सय १४१ बराबरकाे अाय व्यय सार्वजनिक गरेकाे थियाे । यस सामुदायिक वनले साधारण सभाकाे अवसरमा ४५ जना जेष्ठ नागरिकलाई बल्याङ्केट र ट्रचलाईट समेत बितरण गरेकाे छ भने राष्ट्रिय आधारभुत बिद्यालयका १५ जना र कर्णाल माबिका ३० जना बालालिकाहरुलाई शैक्षिक सामग्री समेत बितरण गरिएकाे थियाे । सामुदायिक वन का अध्यक्ष धनसिह साँउदले बर्ष भरिकाे बैठक भत्ता र केही ब्यक्तिगतरुपमा लगानी गरेर ४५ जना अपाङ्गता भएका ब्यक्तिलाई न्यानाे कपडा समेत बितरण गरेका थिए । सामुदायिक वनले आर्थिक बर्ष २०८७/७९ का लागि ६९ लाख ८२ हजार ३ सय ४६ बराबरको अनुमानि अाय व्यय समेत पेश गरिएकाे थियाे ।
धनकुटा र भोजपुरमा ठूलो मात्रामा गाँजा फडानी, हजारौँ बोट जलाई नष्ट
इटहरी । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको नेतृत्वमा सञ्चालन भइरहेको सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत धनकुटा र भोजपुर जिल्लामा अवैध रूपमा खेती...










Discussion about this post