• pradeshpoint
  • Pradeshpoint
Monday, February 9, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

इनरूवामा ११ करोडकाे लगानीमा बनेको सुविधासम्पन्न बसपार्क प्रयोगबिहीन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस २० गते, २२:३४ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
इनरूवामा ११ करोडकाे लगानीमा बनेको सुविधासम्पन्न बसपार्क प्रयोगबिहीन
140
SHARES
Share on FacebookShare on Twitter

इनरुवा / सुनसरी सदरमुकाम इनरुवामा नयाँ बसपार्क निर्माण भएको तीन वर्ष बितिसकेको छ । २०७५ साल पुस २५ माउद्घाटन भएको वसपार्क अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । बसपार्कको उद्घाटन तत्कालीन उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले गरेका थिए । उद्घाटन भएको तीन वर्ष पुगिसक्दासमेत बसपार्क सञ्चालनमा सम्बन्धित पक्ष लागिपरेको देखिँदैन । ११ करोड लगानीमा निर्माण भएको बसपार्क लामो समय सञ्चालनमा नआउँदा स्थानीय भने आक्रोसित भएका छन् । उद्घाटन भएको दुई वर्षपछि २०७७ साल माघमा बसपार्क सञ्चालन भयो । तर बसपार्क सञ्चालन भएको ४/५ दिनमा नै विभिन्न कारण देखाउँदै रोकिएको थियो ।              त्यसपछि भने सञ्चालनमा आउन सकेको छैन । बसपार्क सञ्चालनका लागि खासै पहलसमेत नभएको स्थानीयको बुझाइ छ । बसपार्क सञ्चालन हुन नसक्दा अहिले प्रेमिल जोडी, लागुऔषध प्रयोगकर्ता र टिकटक बनाउन आउनेको भिड बढ्न थालेको स्थानीयले बताए । यतिमात्र नभएर लागुऔषध प्रयोगकर्ताको अखडासमेत बन्दै गएको स्थानीय बताउँछन् । बसपार्क निर्माण भएर पनि सञ्चालनमा ल्याउन नसक्दा मुख्य राजमार्ग नै बसपार्कको रूपमा प्रयोग भइरहेको छ । नगरपालिकाले चासो नदेखाएका कारण बसपार्क सञ्चालनमा आउन नसकेको स्थानीय सरिता कार्की ‘घिमिरे’ले बताइन् । करोडौँको लगानीमा निर्माण गरिएको बसपार्क अलपत्र छाड्नु सरोकारवाला निकायको कमजोरी भएको उनको बुझाइ छ । जुन उद्देश्यका साथ बसपार्क निर्माण भएको हो, त्यहीअनुसार छिटो सञ्चालनमा ल्याउनुपर्ने उनले बताइन् । निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका स्थानीय रमेश श्रेष्ठ पनि आक्रोशित भएका छन् । बसपार्क निर्माणका लागि पाँच कठ्ठा जग्गा उपलब्ध गराएका उनले सञ्चालनमा ढिलाइ भएका कारण जग्गा उपलब्ध गराउने सबैसँग छलफल गरेर जग्गा फिर्ता माग्नुपर्ने अवस्था आएको बताए । नगरपालिकाले बसपार्क सञ्चालनमा कुनै चासो नदेखाएको उनको भनाइ छ । निर्माण सम्पन्न भएको लामो समयसम्म बसपार्क सञ्चालनमा ल्याउन नसक्दा इनरुवा नगरपालिका आलोचित बन्न थालेको छ । नगरपालिका भने यातायात व्यवसायीको अवरोधका कारण बसपार्क सञ्चालनमा समस्या भएको बताउँछ । नगरपालिकाका तर्फबाट बसपार्क सञ्चालनका लागि पहल, प्रयन्त भइरहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत डिल्लिराज निरौलाले भने, ‘पहिला पनि दुईचार दिन बसपार्क सञ्चालनमा आयो । तर यातायात व्यवसायीहरू जान नमानेका कारण सञ्चालन हुन नसकेको हो, बसपार्क सञ्चालनका लागि हामी पुसभित्रमा छलफल गर्ने छौँ ।’ बसपार्क सञ्चालनमा नआउनुमा नगरपालिकाको कुनै कमजोरी नभएको उनले बताए । ‘अहिले नै सञ्चालनमा आउँछ भनेर भन्न सक्ने अवस्था छैन,’ निरौला भन्छन्, ‘तर छिट्टै यातायात व्यवसायी र सम्बन्धित पक्षलाई बोलाएर छलफलको माध्यमबाट निष्कर्ष निकाल्छौँ, र चाँडै सञ्चालन गर्नेछौँ ।’

Tags: ११ करोडकाेइनरूवामाबसपार्क प्रयोगबिहीनलगानीमा बनेकोसुविधासम्पन्न

Related Posts

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते
FEATURE

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १४:१४ बजे प्रकाशित
0

सुनसरी। पर्साको वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्दा तस्करको आक्रमणबाट ३ जना प्रहरी घाइते भएका छन्।...

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद
FEATURE

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १३:५२ बजे प्रकाशित
0

इनरुवा । मोरङको उर्लाबारीमा सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती, जसलाई ‘गोरे’ नामले...

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

२०८२ माघ २६ गते, १४:१४ बजे प्रकाशित
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

२०८२ माघ २६ गते, १३:५२ बजे प्रकाशित
“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1394 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist