इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत व्यावसाय तालिम सम्पन्न भएको हो ।
मंगलबार भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.५ मा ८ दिने उद्यमशिलता विकास तालिम अन्तरगत ४ दिने व्यावसाय सचेतना र लैगिंक समानता तथा समाजिक समावेशी कार्यक्रम तालिम र ४ दिने व्यावसाय सुरु तालिम सम्पन्न गरेको हो ।
भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा सञ्चालीत व्यवसाय सचेतना र लैगिंक समानता तथा समाजिक समावेशी कार्यक्रमको मंगलबार भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताले सम्पन्न गरेकी हुन् ।
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) उद्यम गरौँ, रोजगारीको अवसर सृजना गरौँ भन्ने मुल उदेश्यका साथ भोक्राहा नरसिंह गाउँपालिका वडा नं.५ का गरिव तथा विपन्न परिवारका महिला सदस्यहरुलाई उद्यमशिल्तामा आत्मनिर्भर गर्नका लागि ८ दिन तालिम दिई दक्ष उद्यमी बनाउने प्रयास गरिएको बरिष्ठ उद्यम विकास सहजकर्ता असोक उराँवले जानकारी दिए ।
उता सो व्यावसाय सचेतना र लैगिंक समानता तथा समाजिक समावेशी कार्यक्रम तालिम र व्यावसाय सुरु तालिममा भोक्राहा नरसिंह गाउँपालिका वडा नं.५ का २५ जना स्थानीय महिलहरुको सहभागीता थियो ।
तालिम भोक्राहा नरसिंह गाउँपालिका अन्तरगतका वडा नं.१, ५, ६ र ७ गरी ४ वटा वडाका ८५ जना स्थानीयबासीहरुलाई छनौट गरी विभिन्न लद्यु उद्यम विकासमा नयाँ लद्यु उद्यमी सृजना गरी पहिलो चरणको तालिम सम्पन्न गरिएको उद्यम विकास सहजकर्ता पूजा परियारले जानकारी दिइन् ।
Discussion about this post