इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा दाइजो प्रथा र बालविवाह सम्वन्धी एक दिने जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
समाज विकास केन्द्र भोक्राहा नरसिंहको आयोजना र सामाजिक परिवर्तन केन्द्रको सहजकर्तामा भोक्राहा नरसिंह गाउँपालिकाको सभाहलमा जनचेतना मुलक कार्यक्रम बुधवार सम्पन्न भएको हो ।
भोक्राहा नरसिंह गाउँपालिकामा दाइजो प्रथा र बालविवाह न्युनीकरण गर्नका लागि समाज विकास केन्द्रले पहल र प्रयास सुरु गरेको हो । समाजमा दाइजो प्रथाको चलन बढ्दै गएको बेला समाज विकास केन्द्र नेपाल र सामाजिक परिवर्तन केन्द्रले सकारात्मक सन्देश प्रवाह गर्नका लागि एक दिने जनचेतनामुलक कार्यक्रम मार्फत पालिकाका सर्वसाधारणहरुलाई सचेत गराएका थिए ।
भोक्राहा नरसिंह गाउँपालिकामा दाइजो प्रथा, बालविवाह लगायतका सामाजिक अपराधका क्रियाकलाप बढ्दै गएपछि जनचेतना कार्यक्रमको आयोजना गरिएको समाज विकास केन्द्रका अध्यक्ष सेराज हुसेनले बताए ।
भोक्राहा नरसिंह गाउँपालिकालाई दाइजो प्रथा र बालविवाह मुक्त पालिका बनाउने अभियान अन्र्तगत पहिलो चरणमा पालिकाका सबै वडाहरुका महिला तथा युवाहरुको सहभागितामा जनचेतना मुलक कार्यक्रम गरेर जानकारी गराई आगामी दिनमा ठोस योजना बनाई अगाडी बढ्ने संस्थाका अध्यक्ष हुसेनले जानकारी गराए । समाजमा गरिबी र अशिक्षाका कारण बालविवाह हुने गरेको र परम्परागतलाई कायम गर्दै दहेज प्रथालाई अहिलेसम्म लागु गरिएकोले यसलाई न्युनीकरण गर्नका निमित एक जुट भएर एक आवाज बनाउनका लागि सहभागि भएका सरोकारवालाहरुले जोड दिएका थिए ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव, मानव अधिकारकर्मी रमेश भट्टराई, पत्रकार जयकृष्ण यादव, टोमराज मेहता, गणेश यादव, अजमल हुसेन, मनोसमाजिक परामर्शकर्ता पुनम कुमारी साह, पालिकाका महिला, युवा, समाजसेवी, नागरिक समाज लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो । समाज विकास केन्द्र नेपालका सहसचिव गेलाल अन्सारीले कार्यक्रम संचालन गरेका थिए ।
Discussion about this post