मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिकामा दुईवटा कृषि सहकारीको साधारण सभा छुट्टाछुट्टै सम्पन्न भएकाे छ ।
टीकापुर नगरपालिका वडा नं. ९ स्थित धनसिहपुर कृषि सहकारीकाे छैठौं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । कृषि सहकारी संस्थाका अध्यक्ष धनसिह साउँदकाे अध्यक्षतामा भएकाे सभामा प्रमुख अतिथी टीकापुर नगरपालिका वडा नं. ८का वडाअध्यक्ष दिर्घ बहादुर ठकुल्ला रहेका थिए भने बिशिष्ठ अतिथीमा टीकापुर नगरपालिका सहकारी बिभागका प्रमुख नन्द बहादुर केसि रहेका थिए ।सहकारीका उपाध्यक्ष दिपक साउँदकाे स्वागत मन्तव्यसंगै शुरु भएको साधारण सभामा पदमराज जाेशी, जितराम चाैधरी,तेजबहादुर साउँद,भिम बहादुर महर, रण बहादुर साउँद,रामकृष्ण चाैधरी,वीर बहादुर साउँद,बिक्रम चाैधरी, भिम बिक लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारण सभामा उत्कृष्ट ३ जना बचतकर्ता , १ जना उत्कृष्ट ऋणि र ४ जना उत्कृष्ट कृषकलाई सम्मान गरिएकाे थियाे । २०७२ सालमा ३१ शेयर सदस्यले ९३ हजार शेयरपुँजीबाट शुरु गरेकाे सहकारीले ७५ लाख ४२ हजार ५ सय २४ निक्षेप संकलन गरेर ६ लाख ६३ हजार ४ सय ४४ रुपैया खुद नाफा गर्न सफल भएकाे छ । हाल यस सहकारीमा २७९ जना शेयर सदस्य रहेका छन । यस सहकारीले मल बिक्री बितरणका साथै बिजबृदि कार्यक्रम समेत संचालन गर्दै आएकाे छ । त्यसै गरि टीकापुर नगरपालिका वडा न ७ स्थित सत्ती कृषि सहकारी संस्थाकाे पाँचौं बार्षिक साधारण सभा सम्पन्नभएकाे छ। सहकारी संस्थाका अध्यक्ष खड्क प्रसाद भण्डारीकाे अध्यक्षता भएकाे सभामा प्रमुख अतिथी टीकापुर नगरपालिका वडा नं. ७का वडाअध्यक्ष रामलाल डगाैरा थारु प्रमुख अतिथि रहेका थिए । कृषि सहकारी संस्थाका उपाध्यक्ष धर्मराज जैशीकाे स्वागत मन्तव्य संगै शुरु भएकाे कार्यक्रममा उदयराम ढुङ्गाना ,यज्ञराज न्याैपाने, पशुपति कर्ण,धर्म घर्ती, शेरसिह रिजाल,मनिराम ढुङ्गाना, शशी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । २०७३ सालमा स्थापना भएकाे यश सहकारीले हाल ४५ लाख १३ हजार निक्षेप संकलन गरि ४ लाख ६६ हजार ४ सय ४७ रुपैया खुद नाफा गर्न सफल भएकाे छ । साधारणसभा कार्यक्रम संचालन सहकारी सचिब सुमन प्रसाद तिमिल्सिना ले गरेका थिए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post