विराटनगर । अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरु भएपछि आइतबार नोवेल मेडिकल कलेज विराटनगरमा तनाव सिर्जना भएको छ । अहिले नोवेलमा विद्यार्थीले तोडफोड गरेका छन् । केही विद्यार्थी घाइतेसमेत भएका छन् ।
विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमति विपरित नोवेलले कक्षा चलाएपछि एमबीबीएस प्रथम वर्षका विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । उनीहरुलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरुले नोवेलमा तोडफोड गरेका हुन् ।
अहिले नोवेल परिसर तनावग्रस्त बनेको छ । नोवेलले गत बिहीबार स्थानीय प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेको थियो । तर, आइतबार थोरै विद्यार्थी राखेर कक्षा चलाएपछि फेरि तनाव उत्पन्न भएको हो ।स्रोतः हाम्रोमत
Discussion about this post