मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीकाे टीकापुर नगरपालिका वडा न ७ सत्तीमा सहकारीका पदाधिकारीलाई बिपद् जाेखिम हस्तान्तरण क्षमता अभिबृदि सम्बन्धि २ दिने तालिम आजबाट शुरु भएकाे छ । उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड टिकापुरकाे आयाेजनामा र प्राक्टिकल एक्सन नेपालकाे सहयाेगमा संचालित सुचाङ्ककाे आधारमा बाढी बिमा कार्यक्रम अन्तरगत आफ्ना सहकारी पदाधिकारीहरुलाई २ दिने तालिम आयाेजना गरिएकाे कार्यक्रम संयाेजक हेमन्तराज जाेशीले बताए ।
सहकारीलाई बिपद् बाट के कस्ता जाेखिम छन र ती जाेखिमबाट सहकारीलाई कसरी जाेगाउन सकिन्छ भन्नेबारेमा प्रशिक्षण गरिएको थियाे । तालिममा उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी लेखा समितिका पदाधिकारी लगायतकाे सहभागिता रहेकाे सहकारी संस्थाका अध्यक्ष डम्बर घर्तिमगरले जानकारी दिए । तालिमकाे सहजिकरण सुचाङ्ककाे आधारमा बाढी बिमा कार्यक्रमका संयाेजक हेमन्त राज जाेशीले गरेका थिए ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post