मान बहादुर ठकुल्ला
टीकापुर/कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित रहेकाे जिल्लामै बेतबाँस र अजिङ्गरकाे खानीका रुपमा परिचित सत्ति कर्णालि सामुदायिक बनले जेष्ठ नागरिकहरुलाइ दाउरा वितरण गरिरहेको छ ।
सामुदायिक वनले सेवा क्षेत्रमा रहेका ७५ वर्ष भन्दा माथि उमेर भएका परिवारलाई नि:शुल्क दाउरा वितरण सुरु गरेको हाे । 
सत्ती कर्णाली सामुदायिक वनले आफ्ना उपभोक्ताहरुका एकाघर भित्र ७५ वर्ष माथिका जेष्ठ नागरिक सदस्य भएका घरमा करिव २ क्विन्टलका दरले दाउरा वितरण गरिरहेको सामुदायिक वनका अध्यक्ष धन सिंह साउँदले जानकारी दिएका छन ।
उहाँले जाडाेकाे समयमा बुढाबुढिहरु राहत हाेस भनी सामुदायिक वनले दाउरा वितरण गरिरहेको बताए। अध्यक्ष साउंदले सामुदायिक वनले हरेक वर्ष यसरी नै जेष्ठ नागरिकाे लागि दाउरा वितरण गर्दै आएकाे बताएका छन ।
बुधबार सामुदायिक वनले आफ्नै ट्याक्टर प्रयाेग गरेर आफ्ना जेष्ठ नागरिक सदस्यहरुका घर घरमा पुगि दाउरा वितरण गरेकाे जनाएको छ ।
बुधबार सामुदायिक वनले ६० जेष्ठ नागरिक परिवारका घरमा दाउरा पुर्याएकाे सामुदायिक वनका कार्यालय सचिव मीन बहादुर ठकुल्लाले जानकारी दिए । सचिव ठकुल्लाका अनुसार सामुदायिक वनले १३० जना जेष्ठ नागरिक परिवारहरुलाइ दाउरा वितरण गर्ने कार्यक्रम रहेको बताए।
सामुदायिक वनले हरेक वर्ष आफ्ना उपभोक्ताहरु काे हित, संरक्षण र आय आर्जनका क्षेत्रमा सहयाेग गर्दै आएको छ भने हरेक वर्ष सामाजिक कार्य पनि गर्दै आएको छ ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post