सुरेन्द्र मेहता / भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं.२ का कृषकहरुले यस बर्ष केराउ खेती बाट राम्रो आम्दानी गरेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नं. २ का दर्जनौं किशानहरूले राम्रो आम्दानी गरेका हुन।
नगदे तरकारी बाली अन्तरगत केराउ खेती कम पूंजीमा राम्रोसँग फलाएको र बजार भाउ पनि राम्रो भएपछि यस वर्ष राम्रो आम्दानी भएको किसानहरुले बताएका छन्।
भोक्राहा नरसिंह गाउँपालिका वडा नं. २ का अगुवा किसान चन्दन मेहताले यस बर्ष १२ कठ्ठामा केराउ लगाएका छन् । उक्त केराउ खेतीमा ३० किलो बीउ र दुई पटक खनजाेत गरी जनमजदुर लगायत जम्मा लगानी २५ हजार मात्रै अर्थात कम लगानीमा केराउ खेती हुने गरेको किसान मेहताले बताए ।किसान मेहताका अनुसार भने प्रती कठ्ठा केराउ ३ सय किलो सम्म उत्पादन भएको जानकारी दिए। त्यसैगरी यस बर्ष बेमौसमी बर्षाले तरकारी खेती नष्ट भएको र रासायनिक मल अभाव कारण बजार माग भन्दा कम केराउ उत्पादन भएपछि केराउको बजार भाउ प्रती केजी ५५-६० रुपैया सम्म व्यापारी लाई बिक्रीवितरण गरिदै आएको किसान मेहताले बताए । आफुले लगाएको १२ कठ्ठा केराउ खेती बाट पहिलो चोटिमै लगभग लगभग १ लाख रूपमा सम्म आम्दानी भइसकेको र दोस्रो पल्टमा ५० हजार रुपैयाँ गरी जम्मा १ लाख ५० हजार आम्दानी लिने लक्ष्य रहेको र अरु पनि केराउ किसानहरु केराउ खेती बाट राम्रो आम्दानी गरि मालमाल भएको किसान मेहताले बताए ।
त्यसैगरी पालिका वार्ड न. २ कै अर्का किसान रामानन्द मेहताले पनि ५ कठ्ठामा केराउ खेती गरेका छन् । उनको पनि केराउमा अरु बर्षको तुलनामा यस बर्ष राम्रो फल लागेको बताए । तर तत्काल टिप्ने बेला भएको छैन । अहिले केराउ टिप्ने बेला नभए पनि केराउमा राम्रो फल लागेको र बजार भाउ पनि राम्रो रहेकाले राम्रो आम्दानी गर्ने लक्ष्य रहेको जानकारी दिए।
Discussion about this post