मान बहादुर ठकुल्ला
टीकापुर/कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित रहेकाे जिल्लामै बेतबाँस र अजिङ्गरकाे खानीका रुपमा परिचित सत्ति कर्णालि सामुदायिक बनद्वारा टीकापुरका बिभिन्न चाेक दाउरा वितरण गरिरहेको छ ।
सामुदायिक वनले सेवा क्षेत्रमा रहेका करिब १ दर्जन चाेकमा अागाे ताप्नका लागि नि:शुल्क दाउरा वितरण गरेको हाे ।
सत्ती कर्णाली सामुदायिक वनले आफ्ना उपभोक्ताहरु र सडकमा यात्रा गर्ने यात्रीहरुलाई मध्ये नजर गर्दै टीकापुर नगरपालिका वडा न ६ ७ र ८ का विभिन्न चाेकहरुमा अागाे ताप्ने ब्यवस्था मिलाएकाे सामुदायिक वनका अध्यक्ष धनसिह साउँदले जानकारी दिए ।
उहाँले जाडाेकाे समयमा बुढाबुढिहरु आफ्ना उपभोक्ता लगायत सडकमा यात्रा गर्ने यात्रीहरुलाई राहत हाेस भनी सामुदायिक वनले साबिक धनसिपुर नारायणपुर का विभिन्न चाेक चाेकमा आगाे ताप्न दाउरा वितरण गरेकाे बताए। अध्यक्ष साउंदका अनुसार सामुदायिक वनले हरेक वर्ष यसरी नै चाेक चाेकमा र जेष्ठ नागरिकाे लागि दाउरा वितरण गर्दै आएकाे बताएका छन ।
साेमबार सामुदायिक वनले आफ्नै ट्याक्टर प्रयाेग गरेर आफ्नाे सेवा क्षेत्रका बिष्णुकान्तिपुर , सत्तीबजार, बटनपुर, बालुवाटावर, हुलाकी चाेक, नारायणपुर , कर्णाली पुल, झुङ्गा , सुर्यपुर , बनगाउ लगायतका चाेक चाेकमा दाउरा वितरण गरेकाे सामुदायिक वनका कार्यालय सचिब मीन बहादुर ठकुल्लाले जानकारी दिए।
सामुदायिक वनले हरेक वर्ष आफ्ना उपभोक्ताहरु काे हित, संरक्षण र आय आर्जनका क्षेत्रमा सहयाेग गर्दै आएको छ भने हरेक वर्ष सामाजिक कार्य पनि गर्दै आएको छ ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post