सन्तोष मेहता
विराटनगर, ३ माघ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले कोरोना भाइरस संक्रमणविरुद्धको खोप लगाउन नागरिकले नै नमान्ने गरेको बताएको छ । खोप लगाउन सोचे अनुसार नागरिकको सहभागिता नभएको उनको भनाइ छ । समाजवादी प्रेस संगठन मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले खोप लगाउन स्वतस्फूर्त रूपमा जनता नआएपछि सातवटै प्रदेशमा खोप अभियान सञ्चालन गर्नु परेको जानकारी दिए । प्रदेश १ बाट सुरु भएको अभियान सेड्युल बनाएर सञ्चालन गरिने मन्त्री खतिवडाको भनाइ छ । खोेप अभियान सफल पार्न गाउँ र टोलमा टोली खटिने जानकारी दिए । मन्त्री खतिवडाका अनुसार ८० प्रतिशतलाई पहिलो डोज लगाइएको छ । करिब ६० प्रतिशत नागरिकले खोप पाइएको बताउँदै पहिलो र दोस्रो डोज लगाएपछि नागरिकलाई बुस्टर डोज दिइने तयारी गरिएको जानकारी दिए । २ डोज खोप लगाइसकेकालाई कोरोनाले असर कम गर्ने भएकाले खोप लगाउन उनलेे सबैमा आग्रह गरेकाे हाे । कोरोना रोकथामका लागि सरकारले पर्याप्त पूर्व तयार गरेको मन्त्री खतिवडाको दाबी छ । उनले सरकारी अस्पतालमा संक्रमितको उपचारका लागि व्यवस्था गरिएकाले निजी अस्पताललाई पनि तयार रहन आग्रह गरिएको जानकारी दिए । एमबिबिएस पढ्ने विद्यार्थीसँग तोकिएको भन्दा बाहिर गएर अतिरिक्त शुल्क लिनेलाई कारबाही गरिने मन्त्री खतिवडाले बताए ।
Discussion about this post