महेश सिंह /सिरहा- प्रदेश नम्बर २ को नाम मधेस प्रदेश र प्रदेश २ को राजधानी जनकपुरको नाउँ पारीत भएको खुस्यालीमा जसपाका नेताहरुद्वारा सिरहाको लहान स्थित सहिद चौकमा दिप प्रज्वलन गरी खुस्याली मनाएका छन्।जनता समाजवादी पार्टी नेपालका लहान नगर अध्यक्ष दिनेश महतोको अध्यक्षता रहेको थियो भने पार्टीको केन्द्रिय सदस्य सुरेन्द्र कुमार साह प्रमुख अतिथि रहनु भएको थियो।
प्रदेश कमिटी सदस्य ललिता दास बिशिस्ट अतिथि रहनु भएको थियो।अतिथिहरुमा जिल्ला उपाध्यक्ष तथा प्रभाव साली नेता राकेश रोशन गुप्ता,राष्ट्रिय समाजवादी खेलकुद महासंघ नेपालका प्रदेश २ का संयोजक राजेश गुप्ता,लहान नगर उपाध्यक्ष चन्द्र नारायण कुशवाहा,मुरारी साह,लहान नगरपालिकाका उपमेयर प्रत्यासी रिता साह,युवा नेता ललित नारायण महतो,चन्द्रशेखर यादव,नेता शिव नारायण महतो,प्रमोद महतो,लगायतका दर्जनौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।
प्रदेश २ सरकारले ल्याएको प्रदेशको नाम”मधेस तथा स्थायी राजधानी जनकपुरको प्रस्ताव उपर प्रदेश सभामा भएको मतदानमा दुई तिहाई भन्दा पनि बढी मत प्राप्त भइ पारित भएको छ।सम्पूर्ण मधेसीहरुको मान,सम्मान र पहिचान सहितको नाम मधेस प्रदेश पारित भएको उपलक्ष्यमा सिरहाको लहानमा जसपाका नेताहरुद्वारा दिपावली मनाएका छन्।मधेश प्रदेश जिन्दावाद,बिर सहिद अमर रहुन भन्ने मुल नाराको साथ उक्त कार्यक्रमको आयोजना गरेको थियो।
मधेस आन्दोलनको सुरुवात सिरहाको लहानबाट नै भएको थियो। उक्त आन्दोलनमा पहिचान सहितको अधिकार प्राप्त गर्न देशमा सयौं युवाहरुले सहादत प्राप्त गरेका छन्। दर्जनौं सहिदहरुको सपना सकार भएको पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र साहले बताए।
Discussion about this post