मान बहादुर ठकुल्ला
टीकापुर / टीकापुरमा प्रहरीले लागु औषध प्रयोगमा कडाई गरेपछि लागु औषध सेवनकर्ताले भारतको तिकुनिया बजारलाई लागु औषध सेवन गर्ने अड्डा बनाउँन थालेका छन । प्रहरीले लागुऔषध प्रयाेगमा कडाई गरे पछि टीकापुर लगायत आसपासका क्षेत्रमा नपाउने भएकोमा भारतीय बजार तिकुनिया गएर सेवन गरेर आउने गरेकाे पाईएकाे छ ।
लागु औषध सेवन गर्न टीकापुरबाट भारतको तिकुनिया जाने गरेको रहस्य पत्ता लागेपछि बिगत दुई हप्ता देखि प्रहरीले नाकामा कडाई गरेको छ । प्रहरीले नाकामा कडाई गरेपछि दैनिक ३/४ जना लाई पक्राउ पर्न थालेका छन् । प्रहरीले लागु औषध नियन्त्रणमा बिगतको भन्दा थप कडाई गर्दै आएको छ ।
भारतबाट लागु औषध सेवन गरेर आउनेहरुसंग केही नभेटिने भएकाले सार्बजनिक मुद्धा चलाउने गरेको प्रहरीले जनाएको छ । ‘‘बिगतमा भारतबाट लागु औषध ल्याएर टीकापुर क्षेत्रमा बिक्रि हुने गरेको थियो,हामीले कडाई गरेपछि भारत गएर सेवन गर्न थालेको रहस्य पत्ता लागेको हो ,’’ इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले भने, ‘‘पक्राउ परेका मध्य सामान्य लाई अभिभावकको जिम्मा लगाउने गरेका छौं भने गम्भिर प्रकृतिका छन् भने सुधार केन्न्द्र मा पठाउने र मुद्धा चलाउने गरेकाे बताए । लागु औषध सेवनले अपराध बढाएको हो भन्दै सापकोटाले खुला नाकाको फाईदा उठाउँदै लागु औषध सेवन गर्ने अड्डा भारत को तिकुनिया भएकाे बताए । ‘‘पछिल्लो समय प्रहरीले लागु औषध र शान्ति सुरक्षा भंग गर्नेहरुलाई पक्राउ गर्दै मुद्धा चलाउन थालेको छ ,’’ प्रहरी नायब उपरिक्षक सापकोटाका अनुसार ‘‘लागु औषधका बारेमा समाजका हरेक व्यक्ति सजग हुन जरुरी रहेकाे र प्रहरी एक्लैले केही गर्न नसक्ने बताए ।’’ टीकनपुर स्थित ईलाका प्रहरी कार्यालयले मंसिर महिनामा लागु औषध र शान्ति सुरक्षा खलबल्याउने १ सय ७० जनालाई पक्राउ गरि २८ जनालाई मुद्धा चलाएको छ । त्यसै गरि पुष महिनामा २ सय ३५ जनालाई पक्राउ गरेको छ भने ५१ जनालाई मुद्धा चलाएको छ । चालु आर्थिक बर्षमा मात्र इलाका प्रहरी कार्यालय टीकापुरले १६ वटा मुद्धामा २५ जनालाई मुद्धा चलाएको तथ्यांक छ । प्रहरीले साे अवधिमा ४० ग्राम ७० मिलिग्राम खैरो हिरोइन पक्राउ गर्न सफल भएकाे छ । बिगत केहि महिना यता टीकापुर र लम्की क्षेत्रमा अपराधका घटना बढ्न थालेका छन् ।
अपराधिक कृयाकलाप बढ्न थालेपछि स्थानीयमा त्रास बढेको छ भने प्रहरीलाई पनि सोच्न बाध्य बनाएको छ ।‘‘ लागु औषध नियन्त्रणमा प्रहरी र समाज दुबै मिलेर काम गरे मात्र सफल भइन्छ ,’’ टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दिर्घबहादुर ठकुल्लाले भन्नुभयो,‘‘लागुऔषधमा पक्राउ परेका युवाहरुलाई प्रहरीबाट छुटाउने हतार गर्नुभन्दा कसरी कुलतबाट बचाउने भन्ने बारेमा सबैको ध्यान जानुपर्छ ।
Discussion about this post