• pradeshpoint
  • Pradeshpoint
Thursday, December 11, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

ठुलो अंकको रकम बैँकका सिइओ नविन सुवेदीले जाडपार्टी, घरजग्गा कारोबार र मिटरव्याजमा खर्च गर्ने गरेको खुलासा

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ माघ ८ गते, १५:३१ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
ठुलो अंकको रकम बैँकका सिइओ नविन सुवेदीले जाडपार्टी, घरजग्गा कारोबार र मिटरव्याजमा खर्च गर्ने गरेको खुलासा
30
SHARES
Share on FacebookShare on Twitter

इटहरीः सप्तकोशी डेभलपमेन्ट बैङ्क बिराटनगरबाट अपचलन भएको ठुलो अंकको रकम बैँकका सिइओ नविन सुवेदीले जाडपार्टी, घरजग्गा कारोबार र मिटरव्याजमा खर्च गर्ने गरेको खुल्दै आएको छ ।
बैँकको जनरल सर्भिड डिपार्टमेन्टमा रहेका एक जना कर्मचारीसँगको साँठगाँठमा बैँकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीले बैँकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना गरेको बाहिरिएपछि झण्डै एक महिनादेखि सुवेदी सहित बैँकको ४ जना कर्मचारी प्रहरी हिरासतमा छन् ।
घोटला भएको रकममध्येकै रकमबाट पटक पटक जाडपाटीको आयोजना हुने गरेको र कतिपय रकम घरजग्गाको कारोबार र मिटरव्याजमा समेत लगाइने गरेको कर्तुत बाहिरिएको छ । पक्राउ परेका एकजनाले दिएको बयानले हिनामिनाबाट आएको पैसा घरजग्गा र मिटरब्याजमा खर्चिने गरेको पाइएको हो ।
हिनामिनाका मुख्य खेलाडी मानिएका नविन सुवेदीले आफ्नो नातेदार बबिता बस्नेतको खातामा सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा प्राइम बैङ्कको खाता नं. ९९९००००१५००१५ बाट १४ करोड गैरकानूनी ढङ्गबाट निकालिएको चरणवद्ध अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।
कसले कति के–के मा हिनामिना गरेको रकम के मा लगानी गरेका छन् भन्ने तर्फ भने अहिले केहि खुलिसकेको छैन तथापी घटनाको अनुसन्धान सुक्ष्म रुपले भइरहेको बताइएको छ । घटनालाई राष्ट्र बैँक, नेपाल प्रहरी र बैँकले आन्तरिक रुपमा समेत अनुसन्धान गरिरहेका छन् ।
१४ पुसमा बैङ्कका तत्कालीन सिइओ सुवेदीसहित बैङ्कका लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई पक्राउ गरी अनुसन्धान गर्दै आएको छ भने १९ मङ्सिरमा बैङ्कका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई पक्राउ परेका थिए ।

भट्टराई पक्राउ परेपछि उनका आफन्तले पत्रकार सम्मेलन गरी भट्टराई निर्दोष रहेको र मुख्य नाइके सिइओ सुवेदीनै रहेकाले उनलाई पक्राउ गर्न दवाव दिएका थिए । घटना भएको लामो समय सम्म पनि सिइओ सुवेदी प्रहरी नियन्त्रण बाहिर रहेका कारण उनले निकै सेटिङ्ग गर्न भ्याएको स्रोतको दावी छ । तथापि सबै कारोबारहरु सिस्टममा हुने भएकाले त्यतिधेरै लुकाउने अवस्था भने नआउने बैँक स्रोतले बताएको छ ।
भट्टराईले जिम्मेवारी पाएको रेमिट्यान्सतर्फको करोडौं रकम हिनामिना भएको थियो । उनको नाममा पाँच वटा विभिन्न बैङ्कको खाताबाट एक करोड बढी रकम झिकेको अनुसन्धानले देखाएको छ । प्रारम्भिक अनुसन्धानलाई हेर्ने हो भने भट्टराईले ठुलो रकम हात पार्न सकेका छैनन् तर उनले सुवेदीलाई हिनामिनामा भने सहयोग गरेको हुन सक्ने अनुमान गरिएको छ ।
बैङ्कमा जागिर सुरु गरेपछि भट्टराई विराटनगरका नाम चलेका होटल र रेष्टुरेण्टमा दैनिकजसो जाने गरेको र यस्ता होटल र रेष्टुरेण्टहरूमा दिनहुँ ‘जाँड पार्टी’ आयोजना गर्ने गरेको प्रहरी बताउँछ ।
सुवेदीले यस्ता जाँडपाटी धेरै जसो विराटनगरको एयरपोर्ट मोडमा रहेको एउटा रेष्टुरेण्टमा गर्ने गरेका थिए ।
नेपाल राष्ट्र बैँकबाट ख बर्गको कारोबार गर्ने इजाजत पाएको सप्तकोशी डेभलपमेन्ट बैँक प्रदेश १ का ७ जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको वित्तिय संस्था हो ।

Tags: घरजग्गा कारोबार र मिटरव्याजमाजाडपार्टीठुलो अंकको रकमबैँकका सिइओ नविन सुवेदी

Related Posts

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति
FEATURE

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २५ गते, ७:२६ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोकाहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद र वर्तमान अर्थमन्त्री बीच आज भएको विशेष भेटघाट सकारात्मक र...

सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा
FEATURE

सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २४ गते, १६:०९ बजे प्रकाशित
0

सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सुनसरी–२ ले प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस सूची...

बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

२०८२ मंसिर २४ गते, १३:१६ बजे प्रकाशित
नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

२०८२ मंसिर २४ गते, १२:३५ बजे प्रकाशित
जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

२०८२ मंसिर २४ गते, १२:१० बजे प्रकाशित
सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

२०८२ मंसिर २३ गते, १६:३६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

२०८२ मंसिर २५ गते, ७:२६ बजे प्रकाशित
सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा

सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा

२०८२ मंसिर २४ गते, १६:०९ बजे प्रकाशित
बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

२०८२ मंसिर २४ गते, १३:१६ बजे प्रकाशित
नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

२०८२ मंसिर २४ गते, १२:३५ बजे प्रकाशित
जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

२०८२ मंसिर २४ गते, १२:१० बजे प्रकाशित
सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

२०८२ मंसिर २३ गते, १६:३६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1391 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    817 shares
    Share 327 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    764 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    718 shares
    Share 287 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist