• pradeshpoint
  • Pradeshpoint
Thursday, March 5, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

अख्तियारका अनुसन्धान अधिकृत नै धम्क्याएर रकम असुली गरेको आराेप

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ माघ ८ गते, १७:१४ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
अख्तियारका अनुसन्धान अधिकृत नै धम्क्याएर रकम असुली गरेको आराेप
39
SHARES
Share on FacebookShare on Twitter

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अनुसन्धान अधिकृत नै धम्क्याएर रकम असुलीमा लागेको खुलेको छ । आयोगको इटहरी कार्यालयमा कार्यरत रहँदा अनुसन्धान अधिकृत कृष्ण सुवेदीले सप्तरीका विभिन्न स्थानीय तहका योजनाहरूमा कुनै कैफियत देखिए जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति र प्राविधिकलाई धम्क्याउँदै मोटो रकम असुली गरेको भन्दै पीडितले उजुरी दिएपछि उक्त तथ्य खुलेको हो ।
सुवेदीमाथि आयोगको केन्द्रीय कार्यालयमा उजुरी परेको र त्यसबारे छानबिन भइरहेको अख्तियारका सहप्रवक्ता वेदप्रसाद भण्डारीले पुष्टि गरे ।
सञ्चारकर्मीलाई प्राप्त अडियो टेपअनुसार सुवेदीले अनुसन्धानका नाममा सप्तरीका विभिन्न स्थानीय तहका कर्मचारीलगायतसँग रकमको बार्गेनिङ गरेको सुन्न सकिन्छ । संवादका क्रममा सुवेदीले अख्तियारको माथिल्लो तहसम्म रकम पुर्‍याउनुपर्ने भएकाले नदिए कारबाही भोग्न तयार रहन भन्दै धम्क्याएका समेत छन् । ‘अख्तियारमा स्थानीय तहका विकास निर्माण योजनामाथि कुनै उजुरी परे सुरुमा उनी निर्माणस्थल पुग्थे, मुचुल्का उठाउँथे र कैफियत देखिए पैसाको बार्गेनिङ गर्न थाल्थे,’ सप्तरीको एक पालिकाका प्राविधिकले भने, ‘एकपटक पैसा दिए पुनः धम्क्याउँदै माग्दै हैरान नै बनाउँथे ।’
विभिन्न पालिकाअन्तर्गत पेस्की बेरुजु रहेकाको नामावलीका आधारमा समेत उनले कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीलाई फोन गरी कानुनी दाउपेच देखाउँदै घुसको बार्गेनिङ गर्ने गरेका ती प्राविधिकले दाबी गरे । ‘हाम्रो पालिकाका २ वटा योजनामा उजुरी परेपछि कैफियत देखाउँदै सेटलमेन्ट गर्ने भन्दै ४ लाख रुपैयाँ लगेका थिए,’ ती प्राविधिकले भने, ‘पछि रकम माग्ने क्रम दोहोरिन थालेको थियो ।’
उनले रकम मोलमोलाइ गर्न फोनबाहेक फेसबुक खाताको समेत प्रयोग गर्ने गरेको पाइएको छ । ‘पहिला कार्यालयकै ल्यान्डलाइनबाट उनको फोन आउँथ्यो,’ आयोगमा उजुरी दिएका सप्तरीकै एक गाउँपालिकाका कर्मचारीले भने, ‘त्यसबेला एकदमै कडा शैलीमा प्रस्तुत हुन्थे । पछि मोबाइलबाट फोन गर्थे र ‘कर्तव्य मानव’ फेसबुक अकाउन्टमा जोडिन भन्थे । उक्त फेसबुकमा जोडिएपछि पैसाको बार्गेनिङ सुरु हुन्थ्यो ।’ कर्तव्य मानव नामक उक्त फेसबुक खातामा सुवेदीले पृथ्वीनारायण शाहको प्रोफाइल तस्बिर राखेका छन् ।
ती कर्मचारीका अनुसार फोन र फेसबुकमार्फत रकमको बार्गेनिङ मिलेपछि सुवेदीले सम्बन्धित कर्मचारी, उपभोक्ता समिति पदाधिकारीलाई सुनसरी सदरमुकाम इनरुवा बोलाउँथे । सुवेदी इनरुवाका बासिन्दासमेत हुन् । इनरुवास्थित एक होटलमा बोलाउने र आफू ई–रिक्सामा त्यहाँ पुगेर होटलमा नबसी ई–रिक्सामै बजार डुल्दै रकम असुल्ने गर्थे । तर, सुवेदीको बार्गेनिङ भने यतिमै सीमित हुँदैनथ्यो ।
एक पटक रकम लिएका कर्मचारी, उपभोक्ता समिति पदाधिकारीलाई यसअघि गरेको फेसबुक च्याट र फोन संवादको रेकर्डिङ सुनाउँदै धम्क्याउने गर्दै आएका थिए । सुवेदीबाट आफू अख्तियारको अनुसन्धान अधिकृत रहेको र भ्रष्टाचारको आरोपमा जेल चलान गरिदिने धम्की दिनहुँजसो आउन थालेपछि केही कर्मचारीले सुवेदीकै फोनको अडियो रेकर्ड तथा फेसबुक च्याटको भिडियो बनाई अख्तियारमा उजुरी दिएका थिए । सुवेदीबाट मानसिक प्रताडना पाएको उल्लेख गर्दै उजुरी दिएपछि सुवेदीले कर्तव्य मानव नामक फेसबुक खातासमेत बन्द गरेका छन् ।
उजुरीपछि सुवेदीलाई अख्तियारको इटहरीस्थित कार्यालयबाट केन्द्रीय कार्यालय तानिएको थियो । पछि उनको सरुवा सुनसरीकै जिल्ला प्रशासन कार्यालयमा भएको छ । गत मंसिर २२ मा उनले अख्तियारको इटहरी कार्यालयबाट रवाना लिई जिल्ला प्रशासन गएको अख्तियार स्रोतले जानकारी दिए । उनी गत वर्षको माघ मध्यतिर आयोगको हेटौंडा कार्यालयबाट इटहरी सरुवा भएका थिए ।
यसबारे प्रतिक्रिया लिन सुवेदीलाई फोन गर्दा विषय उल्लेख गर्नेबित्तिकै फोन काटेका थिए । त्यसपछि पटकपटक सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् । अख्तियारका सहप्रवक्ता भण्डारीले सुवेदीको कसुर देखिए कानुनबमोजिम कारबाही हुने स्पष्ट पारे । ‘कृष्ण सुवेदीमाथि परेको उजुरी अहिले पनि छानबिनकै क्रममा छ,’ भण्डारीले भने, ‘सबुत प्रमाण बुझ्ने र संकलन गर्ने काम भइरहेको छ । कसुर देखिए कानुनबमोजिम कारबाही हुन्छ ।’स्राेत: कान्तिपुर

 

 

 

Tags: अख्तियार दुरुपयोग धम्क्याएर रकम असुलीमाअनुसन्धान आयोगकाएक अनुसन्धान अधिकृत नैरकम असुली गरेको आराेप

Related Posts

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु
FEATURE

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन १८ गते, १८:५६ बजे प्रकाशित
0

इनरुवा । रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा नेपाल प्रहरीका...

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल
FEATURE

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन १८ गते, १८:४३ बजे प्रकाशित
0

इनरुवा । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङसहित देशभरका नेपाल–भारत सीमा नाकाहरू अस्थायी रूपमा बन्द गरिने भएको छ। सुरक्षा जोखिमलाई न्यूनिकरण...

प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

२०८२ फाल्गुन १८ गते, १५:११ बजे प्रकाशित
काठमाडौंका पेट्रोल पम्पमा भिड, उपभोक्ताहरु लामबद्ध

“काठमाडौंका पेट्रोल पम्पमा भिड, इन्धन भर्ने लाइन घण्टौं लामो”

२०८२ फाल्गुन १८ गते, १४:५४ बजे प्रकाशित
रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

२०८२ फाल्गुन १८ गते, १२:२७ बजे प्रकाशित
इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

२०८२ फाल्गुन १८ गते, १२:१० बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

२०८२ फाल्गुन १८ गते, १८:५६ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

२०८२ फाल्गुन १८ गते, १८:४३ बजे प्रकाशित
प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

२०८२ फाल्गुन १८ गते, १५:११ बजे प्रकाशित
काठमाडौंका पेट्रोल पम्पमा भिड, उपभोक्ताहरु लामबद्ध

“काठमाडौंका पेट्रोल पम्पमा भिड, इन्धन भर्ने लाइन घण्टौं लामो”

२०८२ फाल्गुन १८ गते, १४:५४ बजे प्रकाशित
रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

२०८२ फाल्गुन १८ गते, १२:२७ बजे प्रकाशित
इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

२०८२ फाल्गुन १८ गते, १२:१० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist