सन्तोष मेहता/विराटनगर ।
आफन्त र परिवारका सदस्य सम्पर्कमा नआउँदा विराटनगर महानगरपालिकाको ढाटमा दुर्घटनामा परेर घाइते भएका एक जना पुरुषको उपचारमा समस्या भइरहेको छ । घटनामा कानुनी कारबाही अघि बढाउन पनि समस्या भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका अन्दाजी ४० वर्षीय पुरुषको पहिचान पनि खुल्न सकिरहेको छैन । उनी बोल्न नसक्ने अवस्थामा छन् । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले आफ्ना बारेमा केही कुरा बताउन नसक्दा र परिवारका सदस्य तथा आफन्त सम्पर्कमा नआउँदा उपचारदेखि लिएर घटनाको अनुसन्धानसम्ममा असर पुगिरहेको बताए । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ झ ३५९४ नम्बरको म्याजिक भेनले गत शुक्रबार दिउँसो ४ बजेतिर ठक्कर दिँदा उनी घाइते भएका थिए । पैदल हिँडिरहेका बेला दुर्घटनामा परेका उनको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । उपचारमा संलग्न चिकित्सकले घाइतेको देब्रेतर्फको चारवटा करङ भाँचिएको र फोक्सोमा पानी जमेको बताएको प्रहरीले जनाएको छ । एसपी जिसीका अनुसार आफन्त र परिवार सम्पर्कमा नआएपछि दुर्घटना गराउनेविरुद्ध किटानी जाहेरी पनि परेको छैन । प्रहरीले घाइतेका आफन्त र परिवारका सदस्यको खोजी गरिरहेको उनले बताए । उनका अनुसार घाइतेको साथमा परिचय खुल्ने खालका कुनै कागजात फेला परेनन् । घाइतेको उपचार खर्च म्याजिक धनीले नै तिर्दै छन् । दुर्घटनालगत्तै प्रहरीले म्याजिक र चालक बूढीगङ्गाका ४० वर्षीय शिवप्रसाद गुरागँईंलाई नियन्त्रणमा लिएको छ ।
भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै
सुनसरी । पुस २९ आउनासाथ पूर्वी तराईको हावामा एउटा छुट्टै सांस्कृतिक स्वाद मिसिन्छ । राजवंशी समुदाय तथा यस क्षेत्रका आदिवासी...










Discussion about this post