• pradeshpoint
  • Pradeshpoint
Thursday, January 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

मोरङको बलियामा महिलामाथि सामूहिक बलात्कार

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ माघ ९ गते, १५:४५ बजे प्रकाशित
in अपराध खबर, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
मोरङको बलियामा महिलामाथि सामूहिक बलात्कार
62
SHARES
Share on FacebookShare on Twitter

सन्तोष मेहता/विराटनगर ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बलियामा महिलामाथि सामूहिक बलात्कार भएको छ । बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिला सामूहिक बलात्कारको सिकार भएकी हुन् । जीवन र मरणको दोसाँधमा छटपटाइरहेकी पीडितको अवस्था गम्भीर छ । बलात्कारबाट महिलाको यौनअंग क्षतविक्षत भएको छ । अत्याधिक रक्तश्राव हुन थालेपछि उपचारका लागि विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको छ । रतग धेरै बगेकाले रक्तचाप कम भएर गएको छ । बलियास्थित श्रेष्ठ होटल एन्ड फेमीली लजको एउटा कोठामा बन्धक बनाएर महिलामाथि तीन जनाले शुक्रबार राति सामूहिक बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपसी मञ्जील मुकारुङले जानकारी दिए ।         मुकारुङका अनुसार होटल सञ्चालक सुन्दरहरैँचा–४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर बताउने रामबहादुर नेपालीले होटलमा राखेर रातभर सामूहिक बलात्कार गर्दा महिलाको अवस्था चिन्ताजनक बनेको हो । सुनसरीको इटहरीस्थित एउटा घरमा काम गरेर गछियामा रहेको बहिनीको घरमा फर्कदै गरेको अवस्थामा उनलाई बलात्कारमा संलग्नमध्ये रामबहादुरले बहिनीको घर पुर्याइदिन्छु भन्दै गाडीमा राखेर शुक्रबार साँझ ६ बजेतिर गछिया खोजानजिकबाट लगेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न अर्जुन र उनका भाइ मनोज हिजै पक्राउ परिसकेका छन् । अर्जुनले सञ्चालक गरेको होटलमा काम गर्ने आरती श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेका हुन् । प्रहरीका अनुसार आरती सामूहिक बलात्कार घटनाकी प्रत्यक्षदर्शी हुन् । रामबहादुर फरार रहेकाले खोजी तीव्र पारेर घटनाको गम्भीर ढंगले अनुसन्धान थालिएको डिएसपी मुकारुङले बताए। अर्जुन र आरती बलात्कार पीडित महिलालाई प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर उपचारका लागि कोसी अस्पताल लिएर आएका बेला पक्राउ परेका हुन् । बलात्कार गर्न नदिएर महिलाले प्रतिकार गरेपछि अर्जुनले हात भित्र छिएर महिलाको यौनअंग नै क्षतिविक्षत बनाइदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार अत्याधिक रक्तश्राव भएकी महिलाको यौनअंग क्षतिविक्षत हुनुका साथै शरीरभरि नीलडाम र चोटपटक छ । डिएसपी मुकारुङले प्रतिकार गर्न थालेपछि महिलालाई यातना दिने र कुटपिट गर्ने कामसमेत भएको बताए । पीडित महिलाका ४ वर्ष र १७ महिनाका दुई छोरी छन् । पीडित महिला सपरिवार खोटाङबाट गत असोजमा मोरङको बेलबारी बसाइँ सरेकी हुन् । श्रीमान २ महीनाअघि पहाड घर खोटाङ गएका थिए । नानीहरुलाई गछियास्थित बहिनीको घरमा छाडेर काम गर्न गएकी उनलाई कामबाट फर्कने क्रममा अपहरण शैलीमा लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरुमा रामबहादुरले र त्यसपछि मनोज तथा अर्जुनले पालैपालो बलात्कार गरेको पाइएको छ । पीडितकी बहिनीले घटनाका बारेमा आफूहरुलाई शनिबार बिहान ८ बजे मात्रै थाहा भएको बताइन् । उनका अनुसार घटनास्थल पुग्दा बलात्कार गरिएको कोठा र ओछ्यान रक्ताम्य थियो । दिदीलाई बेहोस भएर रगतको आहालमा डुबेको देखेपछि आफूले केही सोच्न नसकेको उनले बताइन् । उपचारका लागि लैजानलाई हारगुहार गर्दा आफूमाथि नै दुव्र्यवहार भएको गुनासो उनको छ । प्रहरीलाई खबर गर्छु भनेपछि मात्रै उपचारका लागि लैजान होटल सञ्चालक तयार भएको उनले बताइन् । उपचारमा संलग्न कोसी अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रिभा केसीले अत्याधिक रक्तश्रावका कारण महिलाको स्वास्थ्य अवस्था जटिल बनेको बताइन्। डा. केसीका अनुसार पीडित महिलाको यौनअंग क्षतिविक्षत छ । शरीरका विभिन्न भागमा चोटपटक छ । अरु थप समस्या भने परीक्षण गरिसकेपछि मात्रै पत्ता लाग्ने डा. केसीको भनाइ छ ।

Tags: बलात्कारबलियामामहिलामाथिमोरङकोसामूहिक

Related Posts

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
FEATURE

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
0

इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर
FEATURE

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
0

इटहरी । सानै उमेरदेखि विद्यार्थीको जग बलियो बनाउन इटहरी वडा नं. ४ मा रहेको किन्डरपिलर एकेडेमीले विद्यार्थीहरुलाई खेलकुद, सिर्जनात्मक र...

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
मोरङमा गाँजा तस्करीविरुद्ध कारबाही, हवाई फायरपछि दुई भारतीय पक्राउ

मोरङमा गाँजा तस्करीविरुद्ध कारबाही, हवाई फायरपछि दुई भारतीय पक्राउ

२०८२ पुस १३ गते, १२:११ बजे प्रकाशित
बङलादेशमा हिन्दूमाथि कथित हिंसाविरुद्ध विराटनगरमा विश्व हिन्दू परिषद् युवा विभागको प्रदर्शन

बङलादेशमा हिन्दूमाथि कथित हिंसाविरुद्ध विराटनगरमा विश्व हिन्दू परिषद् युवा विभागको प्रदर्शन

२०८२ पुस ८ गते, ११:४५ बजे प्रकाशित
रामधुनीबाट १४१ ग्राम ब्राउनसुगरसहित चार जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने प्रयासमा सुजन पक्राउ

२०८२ पुस ७ गते, १६:१५ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist