• pradeshpoint
  • Pradeshpoint
Friday, January 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

खेसारीलाल यादव कसरी भारतबाट नेपाल छिरे भन्ने नयाँ बहस सुरू

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ माघ ९ गते, १८:४८ बजे प्रकाशित
in अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
खेसारीलाल यादव कसरी भारतबाट नेपाल छिरे भन्ने नयाँ बहस सुरू
56
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । बर्जु महोत्सव घटनाका सन्दर्भमा विभिन्न कोणबाट टिकाटिप्पणी भैरहँदा खेसारीलाल इन्ट्रि पोइन्टको विषय उपरसमेत बहस छेडिएको छ ।
महोत्सवमा प्रस्तुतिका लागि बोलाइएका भोजपुरी कलाकार विराटनगर आइपुग्दा भारतबाट कहाँ र कुन नाका हुँदै नेपाल छिरे भन्ने विषयले नयाँ बहस छेडेको हो ।
सो विषयमा सुनसरीतर्फको प्रहरी प्रशासन अनभिज्ञ देखिएको छ । प्रजिअ इन्द्रदेव यादवका साथै प्रहरी प्रमुख सञ्जयसिंह थापा स्वयम्ले समेत सो बारेमा बुझ्ने काम भैरहेको जवाफ दिएका छन् ।
महोत्सव घटनाको विषयलाई लिएर एक अर्कोमा दोषारोपण भैरहँदा कार्यक्रमस्थल बर्जु पुग्नुपूर्व विराटनगरको एसियाटिक होटल पुगेका खेसारीलाल यादव कसरी नेपाल छिरे । कुन नाका र बाटो भएर प्रवेश गरे भन्ने बारेमा खुल्न सकेको देखिँदैन । जसले बर्जु घटनामा नयाँ ‘ट्विस्ट’ थपेको छ ।
तोडफोड र आगजनीको घटनामा आयोजक बर्जु सामुदायिक विकास संस्था, गाउँपालिकाको कार्यालय र सुनसरी प्रशासनबीच दोषारोपणको विषयमा दोहोरी चलिरहँदा बाहिरिएको सो प्रसङ्गले घटनालाई थप पेचिलो बनाउँदै लगेको अधिकांशको बुझाइ छ ।
यता खेसारीलालको नेपाल प्रवेशको विषयमा प्रशासनका साथै जिल्लास्थित सुरक्षा निकायले समेत आफूहरूसँग कुनै जानकारी नभएको जनाएको छ । खेसारीलालको प्रवेशको विषय यकिन भैनसकेको बताएका प्रजिअ इन्द्रदेव यादवले मोरङ प्रशासनसमेत सो बारे अनभिज्ञ पाइएको बताए । उनले त्यसतर्फ अध्ययन तथा छानबिन भने भैरहेको जानकारी दिए ।
प्रजिअ यादवले घटनाका सम्बन्धमा छानबिनका लागि सहायक प्रजिअ आनन्द पौडेल संयोजक रहेको पाँच सदस्यीय समिति गठन गरिएकाले विस्तृत जानकारी प्रतिवेदनले बोल्ने बताए ।
यता स्रोतले भने बर्जु महोत्सवका लागि आएका भारत विहारका भोजपुरी कलाकार खेसारीलाल यादव सुनसरीको साहेवगञ्ज नाका भएर नेपाल प्रवेश गरेको हुनसक्ने सम्भावना उपर छानबिन भैरहेको बताउँछ । स्रोतले सो सम्बन्धमा प्रहरी प्रशासनले अनुसन्धान अघि बढाएको बताएको छ ।
स्रोतका अनुसार नेपाल प्रवेश गरेका भारतीय कलाकार यादवको कहीँ कतै ‘इन्ट्रि–रेकर्ड’ भने भेटिएको छैन । जसलाई सुरक्षा कमजोरीका रूपमा लिएर प्रशासनले अनुसन्धान अघि बढाएको उसको भनाइ छ ।
घटनापश्चात् खेसारीलाललाई भेट्न प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादव स्वयम् होटल पुगेका थिए । उनकै उपस्थितिमा खेसारीलालले जारी गरेको भिडियोमा बर्जु घटनामा आयोजकको दोष रहेको भन्दै डेढ करोड बराबरको क्षतिपूर्तिको माग दाबी गरिएको छ ।

कार्यक्रमका लागि नेपाल आई घटनापश्चात् फर्किएका यादव कहाँ र कुन नाका भएर नेपाल प्रवेश गरेका थिए भन्ने खुल्न नसक्नु आफैमा आश्चर्यजनक मानिएको छ । कोरोना प्रोटोकलका बीच भारतीय कलाकार टिमसहित नेपाल आएर फर्किंदासमेत त्यसबारे जानकारी नहुनुलाई सुरक्षा चुकका रूपका व्याख्या गर्न थालिएको छ ।
महोत्सवमा भएको घटनाको सम्बन्धमा सुनसरी प्रशासनले कार्यक्रम रद्द गराउन गरेको परिपत्रलाई आयोजक र स्वयम् गाउँपालिकाले अटेर गरेको बताउँदै आएको छ ।
प्रशासनले आगजनी र तोडफोड घटनाको सारा दोषी गाउँपालिका प्रमुख रघुनन्दन चौधरी रहेको बताइरहँदा गाउँपालिका अध्यक्षले भने विज्ञप्तिमार्फत् पूर्ण दोषी आयोजक रहेको भन्दै आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । चौधरीले मिडियाले आफूमाथि दोष थोपरेको पनि बताएका छन् । उता आयोजकले भने खेसारीलाल कार्यक्रममा नआएको भन्दै उनीमाथि आक्रोस पोखेको छ ।
खेसारीलालको इन्ट्रि पोइन्टको विषयसँगै प्रशासनले महोत्सवको इजाजत रद्दको परिपत्र कार्यान्वयन नभएपश्चात्को अवस्थामा प्रहरी प्रशासनले लगत्तै किन कार्यक्रम बन्द गराएन भन्ने विषयसमेत स्थानीयस्तरमा बहसको विषय बनेको छ ।ब्लाष्टखबर

Tags: कसरीखेसारीलाल यादवभन्ने नयाँ बहस सुरूभारतबाट नेपाल छिरे

Related Posts

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
FEATURE

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
0

इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर
FEATURE

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
0

इटहरी । सानै उमेरदेखि विद्यार्थीको जग बलियो बनाउन इटहरी वडा नं. ४ मा रहेको किन्डरपिलर एकेडेमीले विद्यार्थीहरुलाई खेलकुद, सिर्जनात्मक र...

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
मोरङमा गाँजा तस्करीविरुद्ध कारबाही, हवाई फायरपछि दुई भारतीय पक्राउ

मोरङमा गाँजा तस्करीविरुद्ध कारबाही, हवाई फायरपछि दुई भारतीय पक्राउ

२०८२ पुस १३ गते, १२:११ बजे प्रकाशित
बङलादेशमा हिन्दूमाथि कथित हिंसाविरुद्ध विराटनगरमा विश्व हिन्दू परिषद् युवा विभागको प्रदर्शन

बङलादेशमा हिन्दूमाथि कथित हिंसाविरुद्ध विराटनगरमा विश्व हिन्दू परिषद् युवा विभागको प्रदर्शन

२०८२ पुस ८ गते, ११:४५ बजे प्रकाशित
रामधुनीबाट १४१ ग्राम ब्राउनसुगरसहित चार जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने प्रयासमा सुजन पक्राउ

२०८२ पुस ७ गते, १६:१५ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist