इनरुवा । पछिल्लो समय सुनसरी जिल्लाको गाउँघर देखि शहरी क्षेत्रमा समेत हिन्दु स्वयंसेवक संघ सकृय भएका छन् ।हिन्दु स्वंयसेवक संघ नेपालले इनरुवा नगरपालिका वडा नम्बर–३ कंशमरान मुसहरी बस्तीमा ९० जना बालबालिकाहरुलाई स्वीटर वितरण गरेका छन् । हिन्दु स्वंयसेवक संघ नेपालले आइतवार सो बस्तीका ९० जना बालबालिकाहरुलाई एक कार्यक्रमका बीच स्वीटर वितरण गरेको हो ।
जाडो दिनप्रतिदिन बढ्दै गएको बेला मुसहर बस्तीमा गएर हिन्दु स्वंयसेवकहरुले केही दिन अघि नामावली संकलन गरेर आइतवार सो बालबालिकाहरुलाई स्वीटर वितरण गरिएको जनाएको छ ।
केहीदिन यतादेखी शीत लहर बढ्दै गएको र दलित बस्तीका बालबालिकाहरुलाई जाडोयामको मौसममा जीवन कष्टर बिताइरहेको गुनासो आएपछि हिन्दु स्वंयसेवकहरुले स्वीटर वितरण गरिएको आयोजकले जनाएको छ । रातो रङ्गको स्वीटर उनीहरुलाई एक साथ वितरण गरेको छ ।हिन्दु स्वंयसेवक संघ नेपाल सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले बालबालिकाहरुलाई जाडो छल्नका लागि स्वीटर वितरण गरिएको हिन्दु स्वंयसेवकहरुले बताएका छन् । संघको नगर चालक राज कुमार मेहताको अध्यक्षतामा स्वीटर वितरण कार्यक्रम सम्पन्न भएको थियो भने वितरण कार्यक्रममा दिलिप चन साहु, मनोज यादव, सुरज साह, संजय यादव, दिपेन्द्र साह, मुन्ना साह लगायतको सहभागिता रहेको थियो ।
Discussion about this post