सुरेन्द्र मेहता / भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँ पालिकाका कृषि पेसामा आधारित किसान ब्रकाउली बिउमै ठगिएका छन्।
ब्रकाउली बिउमै किसान ठगिएपछी न घरको नघाटको भएको हो।
देशव्यापी रुपमै रासायनिक मल अभाव सँगसगैं सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ का किसान नारायण मेहता लगायतका किसानहरु ब्रकाउली बीउमा समेत ठगीमा परेका छन्। किसान मेहताले ब्रकाउलीको बीउ इनरुवा बस चोक स्थित रहेको पसल बाट बीउ किनेर ल्याएका थिए । उनी विगत ३ दशक देखि खेती पाती गर्दै आएका छन्।भने उनको थोरै जग्गा भएपनी उनी खेतीपाती बाटै दिनरात कडा मेहनत , परिश्रमका साथ आफनो घर परिवार चलाइरहेका छन्। उनको परिवारमा ५ जना मध्ये दुई छोरी र एक छोरा मध्ये एक छोरा र एक छोरी अपांग रहेका छन्। खेतिमा प्राय जसो किसान मेहता उनका श्रीमती दुई जना मात्रै गर्ने काम गर्ने गर्छ्न। गाउँ टोलमा पनि मेहता र उनकी श्रीमती मेहनती भन्निने गरिन्छ । मेहताले यस पालिका ब्रकाउली खेती गर्नका लागि इनरुवा बस चोकको एक पसल बाट बीउ किनेर ल्याएपछि । आफुले ल्याएका ब्रकाउली बीउ एक कठ्ठा खेतमा रोपै र अरु बाकी रहेका बीउ गाउँकै छरछिमेका किसान दाजुभाइ लाई पनि दिए। त्यसपछि समय समयमा ब्रकाउलीको गोडमेल र मेहनत गर्दे र म सङ्ग सङ्गै ब्रकाउली लगाएका छिमेकी किसानहरुले पनि मेहनत गर्दे गएको थियोे । जब ब्रकाउली फल दिने बेला पात मात्रै भयो । तब काउलिले कसैको बारिमा फलनै दिएन्न । एक त यस बर्ष खेती समयमा हामी किसानहरु लाई सरकार आवश्यकता अनुसारको मल नै दिएन्न । तै पनि हामीले जसो तेसो खेती पाती लगाएका छो। अर्को समस्या हामी किसानहरु बीउमै ठगिने गरेकाे बताए। उनकै छिमेकी किसान श्यामदेव मेहता र महानन्द मेहतालाई उस्तै समस्या रहेको बताए। साथै हामी दुई चार जना किसानहरु बिउमा ठगिनु यो एउटा हामी पात्रो मात्रै भएका हो । यसै रासायनिक मल , उन्नत जातका बीउबिजन , बारिमा छरने किटनासक औसधि लगायतमा किसानहरु बारम्बार ठगिने गरेका छन्।
Discussion about this post