इनरूवा । सुनसरीको लौकही स्थित कोशी गाउँपालिका कार्यालय बाहिर एउटा समुहले निक्कै चर्को नारा सहित पालिका भित्र व्यापक भ्रष्टाचार भइरहेको कुरा उठाएको छ।
वडा न २ का अध्यक्षको मृत्यु भएको हुनाले जिम्मेवारी पाएकी महिला वडा सद्स्य द्रौपदी साहले गरे गराएका कामहरुमा चित्त नबुझेपछि जनता समाजवादी पार्टीको तर्फ बाट युवा विद्यार्थीहरूले पालीका अध्यक्ष ऐयुव अंसारी ,प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी, काेशी गाउँपालिकम वडा नं.२ कावा वडाध्यक्ष द्रौपदी साह लगायत केही कर्मचारीहरुको नामै किटेर कार्बाही माग गर्दै कार्यालय घेराउ गरेका छ्न्।
स्थानिय युवा ब्रह्मदेव यादबले धर्ना स्थलमै नारा लगाउदै भने अध्यक्ष हुसेन राजीनामा दे, हाकिम खगेन्द्र गिरीलाइ जेल हाल ,भ्रस्टचारी द्रौपदी साह चाहिँदैन। यादवले त्यसो भन्दा धर्नामा सहभागी एक समुहले सङसङै नारा लगायो।बाटो हिड्नेहरु रमिते बने र कुरा सुन्न कान थापे।सशस्त्र र जनपद प्रहरीले धर्ना वालाको निगरानी राख्दै पालिका कार्यालयलाई सुरक्षा दियो।गाउँ पालीकाका अध्यक्ष ऐयुव अंसारी बेखबर थिए।भने प्रमुख प्रशासकीय अधिकृत गिरी आफ्नो कार्यकक्षमा ढोका लाएर प्रहरी पहारामा उपाध्यछ्यकको कोठामा अन्य मानिसहरु भेला गरि बात चित गर्दै थिए।अन्य सबै कर्मचारीहरु डाम डुम ढोका थुनेर भित्र हतासपुर्ण तरिकाले बसेका थिए। जनताको काम केही भएको थिएन।कोहि कोहि कर्मचारीहरु कानेखुसी गर्दै थिए भने केही बाहिर फेर धर्ना जुलुस प्रती सचेत हुँदै खास खुस गर्दै थिए।
धर्ना दिनको लागि देबकुमार यादबले पार्टी भुगोलबाट जिम्मा लिएका छ्न। कार्यवाहक वडाध्यक्ष साहले दुई नम्बर वडामा कोबिड १९ महामारी बाट प्रभावित अति बिपन्न परिबारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ को आडमा उक्त रकम हस्तान्त्रण गर्दा बेइमान गरेकी छ्न।बिपन्न ,गरिब,असाहायहरु थुप्रैले खान नपाएर बिजोक भएको तर द्रौपदीले उनका सम्पन्न धनीवानी आफन्त ,राजनितिक रुपले उनको पार्टिका ,नातेदारलाई रकम दिलाएकी छ्न। आन्दोलनकारीका अनुसार बिपन्न र गरिब भन्न न सुहाउने धनी मान्छेहरुलाई रकम सिफारिस गरेकोमा नाम सहित आक्रमक ढङ्ले नारा लगाएका थिए।भतिजो पर्ने मनोज साह तेली,तेज नारायण साह,बिबेकानन्द साह,चन्दन साह,लोचन कुमार मण्डल,रेखा मण्डल,बिभाकुमारी यादव,चुनचुन कुमार यादव,सदानन्द साह,बलदेव साहु,नोदनोदी कनोदनोदी कुमार मण्डल,राजेश कुमार यादब,रत्नाकुमारी साह,निलम कुमारी मण्डल,कबिता साह,सदानन्द साह,मिलन कुमारी मण्डल,सन्जिप कुमार साह लगायतलाई रकम दिलाउन सिफारिस गरेको बताइएको छ। आन्दोलनकारी ब्रमदेव यादबका अनुसार द्रौपदीले बिपन्न भनेर पैसा दिलाउन सिफारिस गरेका सन्दिप कुमार साह छोरा हुन्।मिलन कुमारी मण्डल कर्मचारी हुन्।बलदेव साहु आफ्नै दाजु हुन्।बदमासी तरिका ले पैसा बाडिदै छ भन्ने जान्दा जान्दै प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र गैरीले पुस ५ गते ३ दिन भित्र दाबी बिरोध गर्नु भन्ने सुचना गरेर जाल झेल र छल छाम अनि कपट गरेकोले उक्त कार्यबाट भ्रस्टचार गरि रकम खान द्रौपदीसङ मिलेमतो छ भन्ने आरोप लगाएर आन्दोनल थालेका हुन।नेपाल सरकारले उपलब्ध गराउने भनिएको उक्त रकम कति हो? भन्ने खुलेको छैन।गरिब बिपन्न परिबारलाई सुरक्षित नागरिक आवास कार्यक्रम भनेर आउने जनही ३० हजार रुपैया बितरण गर्दा द्रौपदीका छोरा सन्जिप सँग मिलेर गरिब पिडितलाई १९ हजार ,१७ हजार हो यस्तै घटिबेसि गरेर जनही ११ देखि १३ हजारका दरले निक्कै रकम हिना मिना भएकोले अध्यक्ष अंसारी,अधिकृत गिरी,कावा वडाध्यक्ष्य साह लगायतलाई छानवीनको दायरामा ल्याउनु पर्ने माग गरेका छ्न।सिडिओ कार्यालयलाई निबेदन दिई अन्यत्र निकायमा बोदार्थ पठाएका छ्न्। अंसारीका स्वकीय सचिब धर्मेन्द्र बिस्वासले आफ्नी सालीलाई कर्मचारी बनाउन र पार्टी आस्थाका आधारमा कर्मचारी भर्ना गरेकोले जनता आक्रोसित हुँदै विधि बेगर नियुक्त ५० जना बढी कर्मचारीलाइ हटाउनु पर्ने माग गरेका छ्न्।
Discussion about this post