टीकापुर /कैलालीको टीकापुर नगरपालिका वडा न ९ स्थित सत्ती भन्सार कार्यालयमा ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ । भन्सार दिवशकाे अवसरमा अवसरमा ३ जना सम्मानित भएका छन् ।
सम्मानित हुनेमा भन्सारको विविध गतिविधि सञ्चार माध्यम बाट उत्कृष्टरुपमा प्रवाह गरेको भन्दै सुदुर सन्दर्भ अनलाइनका प्रबन्ध निर्देशक भिम वि. क. र भन्सार कार्यालयमा वर्ष भरि सबैभन्दा बढि राजस्व तिरेकाे भनेर एसजिएस ट्रेड एण्ड सप्लायर्सका प्राेपाेराइटर सर्पराज साउँदलाई बुधबार सम्मानित गरिएको हो । यस्तै गरि भन्सारका कर्तव्यनिष्ठ मेहनेति कर्मचारी भन्दै कार्यालय सहयोगी हरि भाटलाई पनि सम्मानित गरिएको थियो ।
भन्सार दिवसको अवसरमा स्थानीय व्यापारी शुरेस खड्का , व्यापारी सर्पराज साउँद लगायतले व्यापारीका समस्या बारेमा मन्तव्य राखेका थिए । 
सत्ति भन्सार कार्यालयका प्रमुख विमल कुमार शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रकाश सापकोटा रहेका थिए ।साे कार्यक्रममा व्यापारी ,उद्योगी ,पत्रकार ,सुरक्षा क्षेत्रका प्रमुखहरु तथा स्थानीयकाे सहभागिता रहेको थियो भने कार्यक्रमकाे संचालन भन्सारका लेखापाल अक्कल रावलले गरेका थिए ।
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...










Discussion about this post