इनरुवा । सुनसरीको कोशी गाउँपालिका वडा नंम्बर २ का वडाअध्यक्ष द्रोपति साह निलम्बनमा पर्नु भएको छ ।गरिब तथा विपन्न परिवारलाई आवास कार्यक्रममा प्रतिपरिवार ११ हजार रुपैयाँका दरले कमिसन लिएको आरोप बाहिरीए पछि गाउँपालिकाले साहलाई निलम्बीत गरेको हो ।
गाउँपालिकाको बदनाम हुने गरी काम गरेकोले साहलाई निलम्बन गर्दै छानविन गर्नका लागि ३ सदस्य छानबिन समिति गठान गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र गिरीले जानकारी दिए ।
युवाहरुको दवाव र नागरिक समाजको गुनासोको आधारमा साहलाई स्थानीय सरकारी संचालन ऐन २०७४ को दफा ११६ अनुसार कार्यवाहक वडाअध्यक्ष साहलाई निलम्बन गरिएको गिरीले जानकारी दिए । गिरीका अनुसार सो वडामा भएको अनियमितता र साह माथि छानविन गर्न कोशी गाउँपालिका १ का वडाअध्यक्ष राजकुमार साहको संयोजकत्वमा नागरिक समाजको तर्फबाट ब्रम्हदेव यादव र सामाजिक विकास शाखाका प्रमुख राजकिशोर मेहता सहितको तीन सदस्य छानबिन समिति गठन गरीएको छ । वडा अध्यक्ष साहले विपन्नलाई वितरण गरिएको आवास रकमको ११ हजार रुपैयाँ कमिसन लिएकोले कारवाही गरेको हो ।
Discussion about this post