इनरुवा । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश १ का सरकारलाई किसान आन्दोलन बारेमा ११ बुँदे मागहरुसहित ज्ञापनपत्र बुझाएको छ ।
बुधबार जनमत पार्टीका मोरङका अध्यक्ष बुद्धि माझिको नेतृत्वमा प्रदेश १ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापनत्र बुझाइएको हो ।
किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद्य र बीउको व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने, सिंचाइको व्यवस्था गर्नुपर्ने, नसके सिंचाइ बिजुली निःशुल्क गर्नुपर्ने, बेमौसमी हावाहुरी र वर्षाले भएको बालीनाली क्षति वापत राहत दिनुपर्ने, फसलको उचित समर्थन मूल्य निर्धारण गर्नुपर्ने, उखु किसानको बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने मागहरु ज्ञापनपत्रमा राखिएको छ ।
यस्तै, किसान कार्डको व्यवस्था गर्नुपर्ने, किसानको लागि पनि पेन्सनको व्यवस्था गर्नुपर्ने, स्वतः बालीनाली बीमा हुने सुनिश्चितता गर्नुपर्ने, किसानमाथि दमन बन्द गरी झुठा मुद्दा खारिज गर्नुपर्ने र गिरफ्तार आन्दोलनकारीहरुलाई निःशर्त रिहा गरी मुद्दा खारेज गर्नुपर्ने सरकार समक्ष माग गरेको जनमत पार्टी प्रदेश नम्बर १ का अध्यक्ष माझिले जनाएका छन् ।
Discussion about this post