भाेजपुर / रामप्रसादराई गाउँपालिकाले जिम्मेवारी वहन नगर्ने, नटेर्ने कर्मचारीलाई बरखास्त गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आज वसेको विशेष गाउँसभा वैठकले सो निर्णय गरेको हो ।
रामप्रसादराई गाउँपालिकाको सभाहलमा सम्पन्न भएको विशेष गाउँसभा वैठकले सेवा प्रवाहको समिक्षा, राहत वितरण, शिक्षा योजना, स्थानीय सरकारी सेवा संचालन, वेरूजु सम्परीक्षण, मानेभन्ज्याङ लिफ्ट खानेपानी व्यवस्थापन, ओख्रे स्वास्थ्य चौकी भवन निर्माण, कार्यपालिकाको निर्णय अनुमोदन, नदीजन्य पदार्थ उत्खनन, करार सेवामा कर्मचारी व्यवस्थापन, कोरोना महामारी व्यवस्थापन तथा नियन्त्रण, LISA को नतिजा अनुमोदन, स्वास्थ्य संस्थाको लेखपरीक्षण, रकमान्तर लगायतको विषयमा निर्णय गरेको गाउँपालिका अध्यक्ष विजय राईले जानकारी दिए। उनलेे दिएको जानकारी अनुसार उल्लेखित निर्णयहरू गाउँपालिकाको वेभसाइट मार्फत सार्वजनिक भै सकेको बताए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post