इनरुवा । सुनसरी सदरमुकाम इनरूवामा रहेको सरकारी अस्पतालको बेथिति बाहिर आएको छ। इनरूवा अस्पताललाई सुनसरीका दुईवटा निजीक्षेत्रका टेक्नीकल एकेडेमीले सम्झौता अनुसारको बुझाउनु पर्ने २० लाख रुपैयाँ नबुझाएको फेला परेको छ ।
इनरुवा अस्पतालसँग सुनसरीमा रहेका त्रिवेणी टेक्नीकल एकेडेमी इटहरी र बंगलामुखी टेक्नीकल एकेडेमीले प्री डिप्लोमा तहको स्वास्थ्य कार्यक्रमको स्तरउन्नतीका लागि १० लाखका दरले रकम दिने सम्झौता गरेका थिए । तर हालसम्म सम्झौता गरेको रकम तिरेको छैन् ।
सम्झौतामा इनरुवा अस्पतालका तर्फबाट डा. अनिल आचार्य र त्रिवेणी टेक्नीकल एकेडेमी इटहरीका तर्फबाट रुद्रबहादु बस्नेत र बंगलामुखी टेक्नीकल एकेडेमी इनरुवाका तर्फबाट राजकुमार यादवले सम्झौतामा हस्ताक्षर गरि इनरुवा अस्पताललाई कार्यक्रम वापत १० लाख दिने सहमती गरेका थिए ।
सम्झौता अनुसार दुवै टेक्नीकल एकेडेमीले अस्पताल विकास सुदृढीकरणका लागि इनरुवा अस्पतालको बैक खातामा सम्झौता भएको मितीले ३ महिना भित्र १० लाख रकम जम्मा गर्ने सर्त उल्लेख गरिएको छ ।
इनरुवा अस्पताल संचालन तथा व्यवश्थापन समितीको निर्णय अनुसार त्रिवेणी टेक्नीकल एकेडेमी इटहरी र बंगलामुखी टेक्नीकल एकेडेमीलाई प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदबाट स्विकृत कार्यक्रमको प्रशिक्षार्थी विद्यार्थीलाई इनरुवा अस्पतालमा प्रयोगात्मक अभ्यास गर्न दिने निर्र्णय भएको थियो ।
अस्पतालसँग लिखीत सम्झौता गरेका त्रिवेणी टेक्नीकल एकेडेमी इटहरी र बंगलामुखी टेक्नीकल एकेडेमीले प्री डिप्लोमा तहको स्वास्थ्य कार्यक्रमका प्रशिक्षार्थी विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास गराए वापत अस्पतालमा विद्यार्थी आउन थालेको ७ दिन भित्र १० लाख रकम जम्मा गरेको बैक भौचर बुझाउनु पर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
यसैगरि दुवै टेक्नीकल एकेडेमीले प्रत्येक आर्थिक वर्षमा इनरुवा अस्पताललाई १० लाख रुपैयाँ बैकमा जम्मा गरि नविकरणका गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
इनरुवा अस्पतालका निमीत्त मेडिकल सुपरीडेन्ट डा. देवराज घिमिरेले दुवै टेक्नीकल एकेडेमीले समयमा रकम नबुझाएको फायलबाट देखिन आएकाले पटक पटक गरि तिनवटा पत्र पठाउदा समबन्धीत टेक्नीकल एकेडेमीले कुनै जवाफ नदिएकाले यस समबन्धी बिषयमा छानविन र अध्यय्नको कार्य सुरु गरिएकाले केहीदिनमा यर्थात बाहिर सार्वजनिक गरिने बताए ।
इनरुवा अस्पताल भित्र रहेको व्यापक भ्रष्टाचार कारण निजी क्षेत्रका टेक्नीकल एकेडेमीसँग मिलोमतोमा रकम हिनामिना हुने र बैक खातामा रकम जम्मा नहुने परिपाटी अनुसार सो रकमसमेत हिनामिना भएको आशंका गरिएको छ ।
Discussion about this post