इनरूवा । सुनसरीको काेशी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष राजकुमार साहले जनता समाजवादी पार्टी नेपालमा भर्खरै प्रवेश गरेको छ ।
साहले गाउँपालिकामा सुशासन पारदर्शिता, जवाफदेहिता र विधिको शासन स्थापना गर्नका लागि आफू जसपा नेपालीमा प्रवेश गरेका छन् ।
स्वतन्त्रबाट जिल्लामा एक्लै निर्वाचित वडाध्यक्ष जसपा नेपाल प्रवेश गरेका हुन् ।
वडाध्यक्ष साहले २०७४ सालकाे निर्वाचनमा स्वतन्त्रबाट वडाध्यक्षकाे उम्मेदवार भएर निर्वाचित भएपनि पछिल्लो समय नेपाली काग्रेसँमा आवद्व भएर काम गर्दै आएका साहले पार्टी भित्रकाे तानाशाह विरूद्व आवाज उठाएको र सम्वाेधन नभएपछि जसपा नेपाल राेजेकाे हाे ।
वडाध्यक्ष साह जसपा नेपालका प्रदेश सदस्य मनाेज यादव, पार्टीका भाेक्राहा नरसिंह अध्यक्ष महेन्द्र प्रसाद यादव, नेता देवकृष्ण यादव, अमरलाल यादव, सभापैत यादव सहितका नेताहरूकाे उपस्थितिमा पार्टी प्रवेश गरेको हाे ।
Discussion about this post