• pradeshpoint
  • Pradeshpoint
Monday, February 9, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

काेशी गाउँपालिकाका अध्यक्ष अंसारीकाे तानाशाह विरूद्व तीन दलकाे विज्ञप्ति

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ माघ १७ गते, २१:५८ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
काेशी गाउँपालिकाका अध्यक्ष अंसारीकाे तानाशाह विरूद्व तीन दलकाे विज्ञप्ति
313
SHARES
Share on FacebookShare on Twitter

इनरूवा । सुनसरीको काेशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले आफ्नै कार्यकक्षमा भ्रष्टाचार विरूद्व आवाज उठाउने युवाहरूलाई गुन्डा परिचालन गरि कुटपिट र दुव्र्यवहार गरेकाे घटनालाई ढाकछोप गर्न पाँच जना निर्दाेष युवाहरूलाई प्रहरी लगाएर गिरफ्तार गरेको घटनाप्रति चाैतर्फी विरोध भएको छ ।
अध्यक्ष अंसारीले आफुखुशी सत्ता र शक्तिको दुरुपयोग गरेको तथा निर्दाेष नागरिकलाई प्रहरी प्रशासन लगाएर गिरफ्तार गराइ झुठो मुद्दा लगाएकाे भन्दै सर्वत्र विरोध भएको छ ।
अंसारीकाे कार्यशैली प्रति विरोध जनाउँदै संघिय सत्ताधारी दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी पार्टी सहित तीन दलले विरोध जनाएको हाे ।
जसपा द्वारा जारी विज्ञप्तिमा भनिएको छ,सुनसरी जिल्लाको कोशी गाउँपालिकाका वडाहरुमा कोशी गाउँकार्यपालिका द्वारा कोभिड – १९ महामारी प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्त्ररण तथा विपन्न आवासिय कार्यक्रम र विपन्न घर परिवार , सुपरिवेक्षक र गणक नियुक्ती समेतमा व्यापक भ्रष्टाचार गरी आफ्नो नर नातेदार र आफ्नो पार्टी नेता कार्यकर्तालाई मात्र प्राथमिकतामा राखी मापदण्ड विपरित वितरण गर्न लागिएको हुंदा उक्त भ्रष्टाचारको विरोधमा समाजवादी विद्यार्थी यूनियनद्वारा गरिएको शान्ति पूर्ण विरोध कार्यक्रममा कोशी गाउँपालिका अध्यक्षद्वारा छलफलको बहाना बनाई समाजवादी विद्यार्थी यूनियनका प्रतिनिधिहरुलाई कार्यालयकक्ष मै वोलाई कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीका केही निकटम व्यक्तिहरुले नेपाली कांग्रेसले भोट दिई जिताएको हाम्रो प्रतिनिधि हो हामी आफ्नो नेता कार्यकर्तालाई हरेक सुविधाको उपभोग गराउँछौं भनी विद्यार्थी यूनियका प्रतिनिधि माथि धक्का मुक्की गरी दुव्र्व्यवहार गरी र खुल्ला मञ्चमा समेत कोशी गाउँपालिका अध्यक्ष एयुव अन्सारीले सम्प्रदायिक दङ्गा भर्किने गरी चर्किलो भाषण गरी उदाङ्गो रुपमा राजनितिक चरित्र प्रस्तुत गरी पदिय दायित्वको दुरुपयोग गरी उल्टै पुलिस प्रशासन बोलाइ समाजवादी विद्यार्थी यूनियनका जिल्ला सह सचिव ब्रहमदेव यादव, कोशी गाउँपालिका समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष देवकुमार यादव र विकास यादव समेतलाई गिरफतार गराई झुठा मुद्दा चलाउने कार्य समेत गरिएको हुँदा उक्त कार्य प्रति जिल्ला समन्वय समिति सुनसरी घोर भर्त्सना गर्दै हाम्रो कार्यकर्तालाई निसर्त रिहा गर्न जोडदार माग गर्दछौं साथै पक्राउ परेका विद्यार्थी नेताहरुलाई यथाशिघ्र थुनामुक्त नगरिएमा चरणबद्ध रुपमा आन्दोलन गर्ने व्यहोरा यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराउदछौं ।
जसपा नेपालीका सह सचिव अभिनन्द यादवद्वारा जारी विज्ञप्तिमा निर्दाेष कार्यकर्ताहरूलाई रिहाइ नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्र र नेकपा (एस) काेशी गाउँपालिकाले विज्ञप्ति जारी गरि पक्राउ परेकाहरूलाई रिहाइ र भ्रष्टाचारको छानबिन गर्नुपर्ने माग गरेकाे छ ।
संयुक्त प्रेस विज्ञप्तीमा भनिएको छ, सुनसरी जिल्लाको कोशी गाउँपालिका बडाहरुमा सरकारी राहत सन्दर्भमा भएको अनियमितता विषय लिइ बडाहरु बाट डेलिकेसनको रुपमा मिति २०७८ /१०/१६ गतेका दिन कोशी गाउँपालिकाको कार्यालयमा युवा विद्यार्थीहरु समेतको समूह सँग वार्ता गर्ने नाममा वार्ता समिति बनाई गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले कार्यालय भित्र बोलाई मारपिट दरव्यवहार गरी उल्टै पुलिस प्रशासन बोलाई गिरफ्तार गराउने गरी कार्यालय अगाडी उपस्थित स्थानीय जन समुदाय समेतलाई अध्यक्ष समेतका समूहले चरम यात्ना कुटपिट दरव्यवहार समेत गरी पाच जना युवा ब्रहमदेव यादव, विकास यादव, राजकुमार यादव, देवकुमार यादव, आलिस मसुरी समेतलाई प्रहरी द्वारा पक्राउ गराई थुनि झूठा मुद्दाहरु चलाउने सम्मको व्यवहोरा बैठकबाट जानकारी पाई ध्यानआकर्षण भएको छ । कोशी गाउपालिकाको गरीमामय पदमा रहेका ऐयुब अंसारीले आफ्नो नेतृत्व समूह बोलाई वडा अध्यक्षहरुले गरेको अनियमितता भ्रष्टाचारको कुरै नसुनी एकतर्फि तरिकाले सर्वसाधारण सँग गरेको त्यस्तो दुरव्यवहार कार्य प्रति घोर भ्रत्सना गर्दछौं । पक्राउ गरिएका युवा सर्वसाधारणलाई तत्त्काल थुना मुक्त गरी रिहा गर्न जोडदार माग गर्दछौं । यस्तै समाजवादी विद्यार्थी युनियन प्रदेश नं.१ ले समेत घटनाकाे विरोध गरेको छ ।
युनियनका प्रदेश नं.१ का अध्यक्ष रविन खम्बुले विज्ञप्ति जारी गर्दै विना सर्त पक्राउ परेकाहरूलाई रिहाइ गर्न माग गरेको छ ।
खम्बु द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,सुनसरीको कोशी गाउपालिकामा जनप्रतिनिधिहरुले गरेको भ्रष्टाचारको विरुद्धमा केहि दिन देखि आन्दोलन भइ रहेको सर्वविदितै छ । आन्दोलनको अग्रमोर्चाको नेतृत्व गरिरहेको समाजवादी विद्यार्थी युनियनको १ नम्बर प्रदेश समितिको सदस्य विद्यार्थीहरुको प्रिय नेता ब्रहमदेव यादव, कोशी गा.पा. समाजवादी विद्यार्थी युनियनका अध्यक्ष देव कुमार यादव लगायत ४ जना नेताहरु लाई हिजो २०७८ / १० / १६ गते भ्रष्टचार अनियमितता बिरुद्धको शान्तिपुर्ण आन्दोलन माथि हस्तक्षेप गर्दै नेपाल प्रहरीले गिरफ्तार गरेको घटनाको घोर भर्त्सना गर्दछौं । उक्त भ्रष्टाचारीहरुलाई तुरुन्तै छानविन गरी कानुनबमोजिम कार्वाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै नेपाल प्रहरीबाट गिरफ्तार गरिएको चारै जना नेताहरुलाई तुरुन्त बिना सर्त रिहाइ गर्न जोडदार माग गर्दछौं । अन्यथा समाजवादी विद्यार्थी युनियन १ नम्बर प्रदेश समिति कडा आन्दोलनमा उत्रिन बाध्य हुने सबैमा जानकारीको लागि अनुरोध छ । त्यसैगरी जसपा नेपालीका काेशी गाउँपालिका अध्यक्ष भुपेन्द्र खेरवारले समेत विज्ञप्ति जारी गर्दै घटनाको घाेर भत्र्सना गरेको छ ।

Tags: अध्यक्ष अंसारीकाेकाेशी गाउँपालिकाकातानाशाह विरूद्वतीन दलकाे विज्ञप्ति

Related Posts

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”
FEATURE

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
0

इनरुवा । विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयमा आगामी निर्वाचनलाई केन्द्रमा राख्दै प्रदेशस्तरीय सुरक्षा बैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।...

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र
FEATURE

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
0

काठमाडौं — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मत बदर हुने समस्या न्यूनीकरण गर्न निर्वाचन आयोग सक्रिय बनेको छ। मतदातालाई सचेत बनाउने...

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित
सधैंभरी जनताका पक्षमा काम गर्नेछु: उम्मेदवार कोइराला

सधैंभरी जनताका पक्षमा काम गर्नेछु: उम्मेदवार कोइराला

२०८२ माघ २४ गते, १६:४३ बजे प्रकाशित
‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

२०८२ माघ २३ गते, १७:५९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित
सधैंभरी जनताका पक्षमा काम गर्नेछु: उम्मेदवार कोइराला

सधैंभरी जनताका पक्षमा काम गर्नेछु: उम्मेदवार कोइराला

२०८२ माघ २४ गते, १६:४३ बजे प्रकाशित
‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

२०८२ माघ २३ गते, १७:५९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1394 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist