इनरूवा । सुनसरीको काेशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीकाे भ्रष्टाचार लुकाउने डिजाइन फेल भएको छ ।
अध्यक्ष अंसारीले वडा – वडामा भइरहेको भ्रष्टाचार विरूद्व आवाज उठाउनेहरूलाई सत्ता शक्ति र पदिय दम्भकाे बलमा भ्रष्टाचार गर्ने र त्याे भ्रष्टाचारलाई थामथुम पार्ने लुकाउने प्रयास स्वरूप सुशासनका अभियन्ता युवाहरूलाई प्रहरी लगाएर गिरफ्तार गराएकाेमा तीन दिन नबित्दै रिहाइ भएपछि अंसारीकाे डिजाइन फेल भएको हाे ।
अध्यक्ष अंसारीले युवा नेता तथा सुशासन अभियान्ता ब्रहमदेव यादवलाई फसाउने सडयन्त्र स्वरूप पार्टीकाे क्षेत्रीय , जिल्ला र केन्द्रीय संगठनलाई समेत प्रयोग गरेकोमा उसको याेजनालाई विद्यार्थीहरूकाे एक दिने आन्दोलनले तुहाई दिएको छ ।
अध्यक्ष अंसारीले काेशी गाउँपालिका वडा नम्बर २ काे कार्यवाहक अध्यक्ष द्राेपती देवी साहलाई प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले निलम्बन गरेको र तीन सदस्यीय छानबिन समिति बनाएकोमा त्यसको एक सदस्यीय ब्रहमदेव यादव समेत रहेकाले गाउँपालिकाकाे थप भ्रष्टाचार भन्डाफोर गर्ने त्रासमा परेकाले सडयन्त्रमा जुटेका थिए ।
स्थानीय युवा मिथलेश यादवका अनुसार अंसारीले आफ्नो कमजोरी तथा भ्रष्टाचार लुकाउने प्रयास स्वरूप यादवलाई फसाउने तानामुना रचेका थिए ।
अध्यक्ष अंसारीकाे भ्रष्टाचारकाे पाेल खाेल्ने सशक्त युवा यादव भएको, अंसारीले महंगो सरकारी गाडी चढेको, काेशी गाउँपालिका अध्यक्ष भएर इनरूवामा सरकारी गाडी राखेर दुरुपयोग गरेकाे ठेक्कापट्टामा समेत सरकारी गाडी दुरुपयोग भएकाे छ ।
Discussion about this post