इनरुवा । सुनसरीको कोशी गाउँपालिका-१ लोैकहीको खुनिया पुल स्थित ट्रक र बसबीच एकआपसमा ठक्कर हुँदा गाडीमा आगलागी भएको थियो । गाडीमा आगलागी हुँदा इन्जिन पड्किले त्रासले उद्दार गर्न कठिनाई भएपनि सुनसरी प्रहरीले कठिनाईलाई सामना गर्दै यात्रुलाई उद्दार गर्न सफल भएका छन् ।
पुर्वबाट पश्चिम जादै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पुर्व आउँदै गरेको ना ६ ख २९९६ नम्बरको ट्रक गाडी एकआफसमा ठक्कर हुँदा गाडीमा आगलागी भएको थियो । आगलागी भएको घटना स्थलमा केही व्यक्तिको घटना स्थलमा मृत्यु भएको यात्रुहरुले बताएका छन् । सवार यात्रुहरुका अनुसार ट्रकका चालक, बसचालक र अन्य सवार दुईजना यात्रीको मृत्यु भएको हो ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लाैकही, सशस्त्र प्रहरी बल लाैकहीको टोलिले घटना स्थलमा पुगेर अन्य यात्रुहरुलाई उद्दार गरिएको थियो । उद्दार गरिएका मध्ये घाइते भएका १३ जनाको इनरुवा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार आगलागीबाट बसमा बढी क्षति पुगेको हो । आगो नियन्त्रण गर्न प्रयास जारी छ । घटनाकाे पूर्ण विवरण आउँन बाँकी रहेकाे बताए ।
समाचार श्रोतका अनुसार ट्रकमा सिमेन्ट लोड रहेको छ । आगोलाई कोशी गाउँपालिका, इनरुवा नगरपालिकाका वारुण यन्त्रले आगोलाई नियन्त्रण लिने प्रयास गरिरहेका प्रहरीले जनाएको छ ।
Discussion about this post